म्याराडोनाको निधन : अर्जेन्टिनामा तीन दिन राष्ट्रिय शोक, समर्थकहरु सडकमा निस्किए
विश्व फुटबलका शताब्दीकै महान खेलाडी अर्जेन्टिनाका पूर्वकप्तान डिएगो म्याराडोनाको ६० वर्षको उमेरमा हृदयाघातका कारण निधन भएको छ । म्याराडोना उनी आर्जेन्टिनाले सन् १९८६ मा विश्वकप जित्दा क्याप्टेन थिए ।
पछिल्लोे समय मदिराकोा लतमा फसेका म्याराडोनाको नोभेम्बर महिनाको सुरुमा सफलतापूर्वक मस्तिष्कको शल्यक्रिया गरिएको थियो र उनको मदिरामाथिको निर्भरताको पनि उपचार गरिँदै थियो । तर बुधबार घरमै हृदयघातका कारण उनको निधन भयो ।


आर्जेन्टिनाका राष्ट्रपतिले राष्ट्रपति अर्बेर्टो फेर्नान्डेशले तीन दिनको राष्ट्रिय शोकको घोषणा गर्दै भन्नुभएको छ तिमिले हामीलाई विश्वको उच्च तहमा पुर्यायौ, हामीलाई निकै खुशी दियौ । हामीले सधैँ तिमिलाई सम्झिरहने छौँ ।
त्यस्तै आर्जेन्टिनी फुटबल एशोसिएसनले ट्वीटर सन्देशमा म्याराडोनाको निधनप्रति गहिरो दुख व्यक्त गर्दै म्याराडोना सधैँ हाम्रो हृदयमा रहने बताएको छ ।
आर्जेन्टिनाका जनता आफ्ना सम्भवतः सबैभन्दा प्रख्यात छोरा महान फुटबल खेलाडी डिएगो म्याराडोनाको निधनको शोकमा परेका छन् । आफ्नो विशिष्ट प्रदर्शनका कारण सन् १९८६ को विश्वकपमा देशको जीत सुनिश्चित गरिदिएका ती नक्षत्र गुमाउनु पर्दाको शोक प्रकट गर्न मानिसहरू सडकमा उत्रिएका छन् ।
राजधानी बेनोस आइरिजको केन्द्रभाग र म्यारोडोनाले खेलेको रङ्गशाला आसपासमा मानिसहरूको भीड छ । उनी सन् १९८२ को विश्व कप फुटबलबाट चर्चित बनेका थिए । त्यसबेला उनी २१ वर्षका थिए ।
म्याराडोनाले बार्सिलोना र नापोली फुटबल क्लबबाट पनि खेलेका थिए । आर्जेन्टिनाको तर्फबाट चारवटा विश्वकप खेलेका उनले ९१ वटा खेलमा ३४ गोल गरेका थिए।
यसै गरी उनको निधनप्रति विश्वभरीबाट शोक व्यक्त गरिएको छ । ब्रजिलका ख्यातिप्राप्त खेलाडी पेलेले ट्वीटरमा लेखेका छन् । कस्तो दुखद खबर, मैले एक महान साथी र विश्वले प्रख्यात खेलाडी गुमायो ।
विश्व फुटबलबाट म्याराडोनाको निधनमा शोक प्रकट गरिनुका साथै उनको प्रशंसा भइरहेको छ । आर्जेन्टिनाका लियोनल मेस्सीले म्याराडोना सर्वकालिक रहेको टिप्पणी गरेका छन् ।
क्रिस्टियानो रोनाल्डोले उनलाई फुटबलका अद्वितीय जादुगरको संज्ञा दिए । इटलीमा म्याराडोनाले आफ्नो उत्कृष्ट क्लब फुटबल खेलेका नापोलीका प्रशंसकहरूले पनि सडकमा उत्रिएर श्रद्धा व्यक्त गरिरहेका छन् ।
तपाईंको प्रतिकृया
ताजा समाचार
- विदेशी पर्यटक भित्र्याउन सरकारले पहलकदमी लिनुपर्ने
- प्रधानमन्त्रीे, पूर्वप्रधानन्यायाधीश र पूर्वसभामुखबिरुद्ध अदालतको अवहेलनासम्बन्धी मुद्दा दर्ता
- सीमा अतिक्रमणपछि कञ्चनपुरको प्यारातालमा भारतको गिद्देनजर : नेपाली पक्ष मौन
- पत्रकार महासंघले ठूला मिडियाको लगानीको पारदर्शिता खोज्ने
- “१५ वर्ष एमालेको नेतृत्व गरेको मलाई प्रचण्डको मामुली कार्यकर्ता नठान्नु”- नेपाल
- संक्रमितलाई समयमै अस्पताल पुर्याउन नसकिएकोमा प्रधानमन्त्री सुगाद्वारा क्षमायाचना
- पोखरामा सम्पन्न ‘बञ्जी कपल च्यालेन्ज’ चार जोडीले जिते
- विपीको ‘आत्मवृत्तान्त’ जापानी भाषामा प्रकाशन हुँदै
- भोलिदेखि कोरोना खोप अभियान : देशभरि ६२ अस्पतालमा एक सय २० केन्द्र
- ट्रम्पद्वारा फ्लोरिडामा “पूर्व राष्ट्रपतिको कार्यालय” स्थापना
- लोकतान्त्रिक आन्दोलनको घातक प्रवृत्तिविरुद्ध लडिरहने प्रचण्डको अठोट
- भारतको गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति र प्रधानमन्त्रीद्वारा शुभकामना
- प्रदेश नं १ का ३५ हजार स्वास्थ्यकर्मीलाई कोभिड–१९ विरुद्धको खोप लगाइने
- एनआरएनएको विधान र आर्थिक प्रतिवेदन पारित
- ‘केटू’ आरोहण गर्ने कीर्तिमानी आरोहीलाई काठमाडौँमा भव्य स्वागत
- कर्णालीमा आइपुग्यो कोरोना खोप ‘कोभिशिल्ड’
- प्रतिनिधिसभा विघटन मुद्दा इजलास हेर्दाहेर्दैमा आज पनि
- लिच्छविकालीन कमलपोखरी बचाउन सडक आन्दोलन
- निर्वाचन आयोगको निर्णयले पार्टी एकतामा बल पुग्ने गौतमको दावी
- बेलायतमा महामारीकाबीच विद्यालय खोल्न प्रधानमन्त्रीलाई दवाव, मृत्यु हुनेको संख्या ९७ हजार भन्दा बढी
फेसबुक
ट्वीटर
Tweets by @mynepaljapan
सामाजिक सञ्जाल
ठाकुर गैरे
विश्वप्रकाश शर्मा
@PM_Nepal को ध्यान जाओस्
कमल थापा
बाबुराम भट्टराई


