यसरी मनाए अमेरिकाबासी नेपालीहरुले हालोविन पर्व (तस्बिर सहित)

1 November, 2019 17:48 |प्रबास | comments | 6900 Views

    विजय थापा, डिसी-

    हरेक वर्षको अक्टोबर ३१ तारिखमा पर्ने हालोविन पर्व २०१९ नेपालीहरुले पनि खुसी तथा मनोरञ्जनपूर्वक मनाएका छन् । अमेरिकामा विभिन्न राज्य तथा शहरहरुमा समय फरक हुनाको कही छिटो र कही ढिलो मनाउने क्रम जारी रहेको छ ।

    adsads

    यस बर्ष नेपालीहरुको दशैँ र तिहार सकिएपछि हालोविन पर्व आएको छ । नेपाली समुदायले अमेरिकामा जन्मेका दोश्रो पुस्ता तथा छोराछोरीको साथमा अभिभावक सहितले हालोविन पर्व मनाएका छन् । अमेरिकामा मनाइने ईसाई पर्व (क्रिसमस) थाङ्क्स गिभिङ्ग (धन्यवाद दिवस) सहित हलोविन पर्वलाई अमेरिकामा रहेका नेपाली समुदायले विदेशीले झैँ मनाउन सुरु गरिसकेका छन् ।

    तिहारमा देउसी भैलो खेलेझैँ अमेरिकाका बालबालिकाहरुले ट्रिक अर ट्रीटिंग अर्थात छल या व्यवहार गर भन्दै हालोविन हलोविन पर्व मनाइन्छ । साथै ह्यापी हालोविन भन्ने पनि चलन छ । यसरी बिदेशीहरुले खेले झैँ नेपाली बालबालिका किशोर किशोरीहरुले समेत आफ्ना छर छिमेक र नजदिक पर्ने ठाउमा हलोविन पर्व हर्सौल्लासका साथ मनाएका छन् ।

    यो पर्वमा घर छिमेकमा जाने प्रायःजसोले कालो रंगको पोशाक र विभिन्न भूतप्रेतको विभिन्न रङ्गका पोसाक लगाएको देखिन्छ । किशोरकिशोरी, बालबालिकाले आफूले ल्याएको झोलामा मिठाई माग्ने र घरधनीले झोला लिएर आएकालाई विभिन्न प्रकारका मिठाई दिएका छन् । हेलोविन पर्वमा खेल्न आउने बालबालिका तथा किशोर किशोरीलाई पैसा दिनु पर्दैन ।

    हालोविन के हो र किन मनाइन्छ ?
    हालोविन वा ह्यालविन (अल ह्यालज् इभिनिङको छोटकरी) विश्वका धेरै मुलुकहरुमा प्रत्येक वर्ष अक्टोबर ३१ मा मनाइने पर्व हो। हलोविन इसाईहरूको एक चाड हो । हलोविन अक्टोबर महिनाको अन्तिम दिन मनाइन्छ। यो चाड इसाई धर्ममा ज्यादा प्रचलित छ । गर्मीलाई बिदाई गर्न यो चाड मनाइन्छ । यो चाड पश्चिमा देशहरू संयुक्त राज्य अमेरिका, क्यानडा, स्कटल्यान्ड, न्युजिल्यान्ड आयरल्यान्ड, संयुक्त अधिराज्य, जर्मनी जस्ता देशमा बढी मात्रामा मनाइन्छ। यी बाहेक अरु देशमा पनि मनाइन्छ ।

    हालोविन खेल्दा १२ बर्ष मुनिका भएमा अनिवार्य रुपमा अभिभावक साथमा हिड्ने गर्छन । र यदि बालबालिका परिपक्व छ भने पनि आफ्नो नजिकका छर छिमेकि वरपर मात्र खेल्न सुझाव गर्दछन ।

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    राशिफल

    फेसबुक

    राशिफल

    ट्वीटर

    सामाजिक सञ्जाल

    More