यसरी रचियो ‘प्रतिबन्धित’ गीत ‘माछी मार्न जाउँ है दाजै कालापानीमा…’
माछी मार्न जाउँ है दाजै कालापानीमा,
माछी मार्न जाउँ है दाजै कालापानीमा,


छेकीवारि दुवाली महाकालीमा,
माछी मार्न जाउँ है दाजै कालापानीमा
भारतले हालै सार्वजनिक गरेको नयाँ नक्सामा नेपालको कालापानी क्षेत्र भारतीय भूभागमा पारिएपछि यो गीत फेरि एकपटक चर्चामा छ।विधान श्रेष्ठ, रीता उपाध्याय र जे पापीले गाएको यो गीतमा भौगोलिक हिसाबले सानो राष्ट्र नेपालको पीडाको चित्रण गरिएको छ।
उक्त गीतले चारैतिरबाट नेपालको सीमामाथि भइरहेको अतिक्रमणको चित्रण गर्न खोजेको रचनाकार तथा सङ्गीतकार विजय श्रेष्ठ बताउँछन्।२०५५/५६ सालतिर सार्वजनिक भएको सो गीत केही समयपछि नै सरकारी सञ्चारमाध्यममा नबजाउन निर्देशन दिइएको हुनसक्ने रचनाकार श्रेष्ठको दाबी छ।
यसरी बन्यो गीत
राष्ट्रिय भावनाले ओतप्रोत उक्त गीतको रचनामा टेलिभिजनकर्मी भूषण दाहालको हात रहेको श्रेष्ठ बताउँछन्। सुनसरीको इनरुवाका रचनाकार श्रेष्ठ भन्छन्: “कालापानीको विषयमा गीत नभएको भनेर छोरा विधानसँग कुरा गरेका रहेछन्। त्यो कुरा मलाई विधानले सुनायो।”
“गीतै लेख्छु भन्ने त सोचेको थिइन तर मनमा कहीँ कतै गडेको थियो। पछि गीतकै रूपमा फुर्दै गयो।” “यसमा मेरो फरक वा विशेष सोच थिएन। यी शब्द मनबाट आएका हुन।” श्रेष्ठका अनुसार आफ्नै घरको कोठामा छिर्दै गर्दा ‘माछी मार्न जाउँ है दाजै कालापानीमा’ बोल फुरेको हो। स्थायी भेटिएपछि त्यसकै आधारमा अन्तरा भर्दै गएको उनी बताउँछन्।
‘छेकी वारि दुवाली महाकालीमा’ जस्ता गीतका केही अंश भने लोकभाकाबाट लिइएको हो। कालापानी वा अन्य सीमा नाकाका बारेमा धेरै जानकारी नभए पनि आफूलाई नेपाल कहिल्यै पनि कसैको अधीनमा नरहेको राष्ट्र भएको थाहा भएकै आधारमा गीतले स्वरूप लिँदै गएको श्रेष्ठ बताउँछन्।
उनी भन्छन्: “त्यसैकारण गीतमा उल्लेख गरिएको कालापानी शब्द खासमा सङ्केत हो।”
पारिवारिक पृष्ठभूमि
राष्ट्रिय भावनाका गीत लेखेका श्रेष्ठ पारिवारिक वातावरणका कारण आफूमा राजनीतिक चेत रहेको बताउँछन्। उनका बुवा दिलबहादुर श्रेष्ठ पञ्चायतकालमा गृहमन्त्री थिए। परिवारका अन्य सदस्य पनि मन्त्री रहेको उनी बताउँछन्।
“राष्ट्रिय भाव भित्रैबाट गढेर होला देशभित्रै बाट घेरामा पर्दै गएको छ भन्ने मेरो बुझाइ थियो। र त्यो बुझाइको पाटा गीतबाट बाहिरियो,” श्रेष्ठले भने।
बनको काँडाले कहिले नि कोरेन फलामे काँडाको तार अहिले…
गीतमा भएको यी शब्द त्यसबेला समाचारमा भारतीय सैनिकले कालापानीमा रहेको तार काटेको भन्ने कुरा पढेको आधारमा लेखेको उनी बताउँछन्।
प्रतिबन्ध?
श्रेष्ठका अनुसार उक्त गीतका शब्दले सर्वसाधारण नेपालीको मन छुन सफल भयो। नेपालीहरूले सङ्गीत, भावना र लयमा पनि आफ्नो शैली र राष्ट्रियताको भाव पाएकाले गीत हालसम्म रुचाइएको उनको बुझाइ छ।
तर गीत सार्वजनिक भएको केही समयपछि सरकारी सञ्चार माध्यमका बज्न छोड्यो। त्यसको कारण के थियो भन्ने प्रश्नको स्पष्ट उत्तर श्रेष्ठसँग छैन। उनका अन्य केही गीत प्रतिबन्धमा परेका छन्। ‘ए छोरा, तिमीहरू हुँदाहुँदै म कसरी घेरामा’ बोलको गीत पनि प्रतिबन्धमा परेको उनको दाबी छ।
उनी भन्छन्: “रमाइलो कुरो के छ भने नेपालको राष्ट्रियताविरुद्ध तपाईँ जे पनि बोल्न पाउनु हुन्छ। तर नेपालको पक्षमा बोल्न भने प्रतिबन्ध छ। “त्यसैले मेरा गीत माथि प्रतिबन्ध लगाइएको होला।”
बीबीसी
कालापानीका विषयमा राज्य व्यवस्था समितिले बोलायो प्रधानमन्त्री ओलीलाई
तपाईंको प्रतिकृया
ताजा समाचार
- घरबाट भागेर लजमा बसेका देवर–भाउजूको मृत्यु
- कोरोनाका कारण यस हप्ता विदेशमा थप नौ नेपालीको निधन, दुई हजार सङ्क्रमित
- चीनमा कोरोनाका नयाँ सङ्क्रमितहरु भेटिने क्रम जारी
- पोखरामा राष्ट्रिय फुटबल टोलीको प्रशिक्षणले जगाएको उत्साह
- सर्लाहीमा पेस्तोलसहित एकजना पक्राउ
- ‘महेन्द्र संस्कृत विश्वविद्यालय’ र ‘नालन्दा’मा लगाइएको आगोको समानता
- बजार पूँजीकरण ३२ खर्ब, शीर्ष दशमा रहेको कम्पनीको यस्तो छ विवरण
- प्रधानमन्त्री ओलीबाट चिकित्सा शिक्षाको शुल्क घटाउन निर्देशन
- के निर्णय गर्ला अब प्रचण्ड–माधव समूहको स्थायी कमिटीले
- ओलम्पिया वल्ड स्कूलका संचालकले तीन करोड ठगेपछि
- सङ्कटका बेला गैरआवासीय नेपालीको भूमिकाको परराष्ट्रमन्त्रीबाट प्रशंसा
- पूर्वजनमुक्ति सेनालाई विगतका सरकारले जस्तो धोका नदिने प्रधानमन्त्रीको प्रतिबद्धता
- राष्ट्रपति बाइडेनका चुनौती- तीन दिनभित्र ३० वटा कार्यकारी आदेशमा हस्ताक्षर
- भारतबाट आएको कोरोनाको खोप सातवटै प्रदेशमा पठाउन सुरु
- मलेशियाबाट एकजनाको अस्तुसहित १८ नेपाली कामदारको शव ल्याइयो
- स्मरणमा गोर्खा–बङ्गाल युद्ध : नेपाली सेनाले सबैभन्दा ठूलो जीत हातपारेको दिन
- निर्वाचन हुने सम्भावना छैन, संसद् पुनःस्थापना पहिलो प्राथमिकता
- कोरोना भाइरसको नयाँ प्रजाति पहिलेको भन्दा धेरै खतरनाक : प्रधानमन्त्री जोनसन
- एपिएफ अस्पतालमा सडक मानवलाई निःशुल्क सम्पूर्ण सेवा : महानिरीक्षक खनाल
- धर्म र पर्यटनलाई जोड्दै तीर्थहरुमै श्रेष्ठ मानिएको देवघाटधाम
फेसबुक
ट्वीटर
Tweets by @mynepaljapan
सामाजिक सञ्जाल
ठाकुर गैरे
विश्वप्रकाश शर्मा
@PM_Nepal को ध्यान जाओस्
कमल थापा
बाबुराम भट्टराई


