यस्ता पो मेयर जसले एक वर्षको पारिश्रमिक दिए मजदूरलाई

2 May, 2019 11:23 | राजनीति | comments | 13950 Views

नेताहरुले मजदुरका हकहितका कुरा गरेर उनीहरुलाई सडकमा उतारेर आफू सत्ता र शक्तिमा पुग्ने गरे पनि मजदुरको वास्तविक हितप्रति चासो दिने गरेका छैनन् । यस्तोमा झापाको कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले भने नगरपालिकावाट आफूले पाउने सम्पूर्ण पारिश्रमिक नगरका मजदूरलाई हस्तान्तरण गर्नुभएको छ ।

adsads

नगर प्रमुख पोखरेलले अघिल्लो वर्षको आफ्नो पारिश्रमिक रु तीन लाख २५ हजारको चेक हस्तान्तरण गर्नुभएको हो । अन्तर्राष्ट्रिय मजदूर दिवसको अवसरमा झापाको कनकाई नगरमा बुधबार आयोजित मजदूर सम्मानसहितको विशेष कार्यक्रममा कनकाई नगर क्षेत्रका मजदूरको हितका लागि स्थापना भएको मजदूर हितकोषमा रकम जम्मा हुने गरी चेक हस्तान्तरण गरिएको हो ।

सांसद एलपी साँवा लिम्बूमार्फत नगर प्रमुख पोखरेलले हस्तान्तरण गरेको चेक स्थानीय अगुवा मजदूर मानबहादुर पौडेल, सचिन लामा, मनकुमार न्यौपाने र टङ्क गुरगाईंले बुझ्नु भएको थियो ।

कनकाई नगरपालिकाको संरक्षणमा रहने गरी स्थापना भएको मजदूर हितकोषमा आर्थिक वर्ष २०७४÷७५ मा नगरपालिकाको तर्फबाट रु १० लाख जम्मा गरिएको थियो भने आव २०७५÷७६ को बजेटबाट पाँच लाख विनियोजन गरिएको नगर पोखरेलले बताउनुभएको छ । मजदूर हितकोषमा हालसम्ममा रु २० लाख बढी जम्मा भइसकेको बताइएको छ ।

कोषमा सदस्य हुन चाहने मजदूरले रु ५०० तिरेर सदस्य बन्न सक्ने प्रावधान भए अनुरुप हाल ४०० बढी स्थानीय मजदूर सदस्यका रुपमा रहेको नेपाल स्वतन्त्र जडान तथा निर्माण मजदूर युनियन कनकाईका अध्यक्ष मनकुमार न्यौपाने (केशर) ले बताउनुभएको छ । कोषको सदस्य भएका मजदूरका लागि रु १० लाखसम्मको दुर्घटना बीमा हुने छ भने अवस्था हेरेर अङ्गभङ्ग भएकोमा रु तीन लाखसम्मको उपचार हुन सक्ने व्यवस्था भएको बताइएको छ ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

बाटुली लामिछाने

फेसबुक

बाटुली लामिछाने

ट्वीटर

सामाजिक सञ्जाल

More