यस्तो बन्यो एनआरएनए लाप्राक नमूना बस्ती (फोटोहरुसहित)

26 April, 2019 19:46 | जन सरोकार | comments | 143400 Views

२०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्पबाट ध्वस्त भएको लाप्राकको बस्ती नयाँ रुपमा ठडिएको छ । गैरआवासीय नपाली संघ (एनआरएनए)ले निर्माण गरेको नमूना बस्ती छिट्टै नै हस्तान्तरण गरिने योजना एनआरएनएको छ ।

adsads

वैशाख १२ गते चौथो भूकम्प दिवसका अवसरमा एनआरएनए अध्यक्ष भवन भट्टसहितको टोलीले लाप्राकको गुप्सीपाखामा निर्माणाधिन लाप्राक एकीकृत नमूना बस्तीमा पुगी लाभग्रहीहरुसंग अन्तरक्रिया सम्पन्न गरेको छ ।

अध्यक्ष भट्टले आफ्नो फेसबुकमा बस्तीको रंगरोगनसहित बाह्य संरचना निर्माण सम्पन्न भएको बताउँदै चाँडै नै बस्ती हस्तान्तरण हुने जानकारी दिनुभएको छ ।

पर्यटकीय क्षेत्रका रुपमा चिनिएको लाप्राकको बस्तीले अहिले आन्तारिक र बाह्य पर्यटकहरुलाई आकर्षित गरिरहेको छ ।

एनआरएनएले लाप्राकमा भूकम्प पीडितका लागि करिब ३५ करोड रुपियाँको लागत ६०० नमूना घर बनाउने घोषणा गरेको थियो ।

अध्यक्ष भट्टको फेसबुकबाट लिइएको लाप्राक बस्तीका तस्वीरहरु

 

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

त्रिशुली नदीमा तीन दिनअघि खसेको बस

फेसबुक

त्रिशुली नदीमा तीन दिनअघि खसेको बस

ट्वीटर

सामाजिक सञ्जाल

More