यस्तो रह्रयो नेपालजापान युथ क्लबको बिबिक्यु पार्टी (तस्बिरहरुसहित)

30 April, 2013 12:24 | जापान | comments | 142050 Views

टोकियो- बिगतका बर्षहरुमा झै यस बर्ष पनि नेपालजापान युथ क्लबले बार्बेक्यु पार्टी सम्पन्न गरेको छ । यस अघिका बर्षहरुमा पनि गोल्डेन उईकको अवसर पारेर बार्बेक्यु पार्टी गर्दै आईरहेको थियो ।

टोकियोस्थित खासाई रिन्काई पार्कमा आयोजना गरिएको सो बार्बेक्यु पार्टी बिहान ११ बजे देखि सुरु भएको थियो । सो कार्यक्रममा बिभिन्न खालका मनोरन्जनात्मक कार्यक्रमको आयोजना गरिएको थियो । जसमा उपस्थित महानुभाबहरुले नेपाली लोकपप लोक गित गाएर नाचेर थिए भने वाटरमिलन फोर्ने र बिङगो खेलको पनि आयोजना गरिएको थियो ।

  

५ हजार येन पुरस्कार राखिएको वाटरमिलन फोर्ने खेलको बिजेता सोनु लामा भईन् भने बिङगो खेलमा जापानी नागरिकले बीस हजार येन जितेका थिए । साथै दुबै बिजेतालाई हिमालयन सांझ कार्यक्रमको भिआईपी टिकट पनि प्रदान गरिएको छ जुन कार्यक्रम मे महिनाको ५ तारिख हुन गईरहेको छ । कार्यक्रममा चर्चित कलाकार राजेश पायल राईका साथै बिभिन्न संघ संस्थाका प्रतिनिधिहरु लगायत जापानबासी नेपालीहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More