यात्रु नपाएको बहानामा वायुसेवा निगमको जापान उडान स्थगित 

5 June, 2019 21:24 | कर्पोरेट/पर्यटन , जापान | comments | 58350 Views

एक दशकभन्दा लामो समयपछि जापानमा सिधा उडान सुरु गर्न लागेको राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले यात्रु नपाएको भन्दै तत्कालका लगि जापान उडान स्थगित गरेको छ । जापानले हप्ताको ३ वटा राउन्ड ट्रिप उडानका लागि नेपाल एयरलाइन्सलाई अनुमति दिएको छ ।

adsads

निगमको आउँदो जुलाई ४ अर्थात् असार १९ बाट ओशाकाको कान्साइ अन्तर्राष्ट्रिय विमानस्थलमा निगमको वाइडबडीले उडान भर्ने तालिका थियो । तर, बुकिङ खोलेको एक महिनासम्म पनि राम्रो संख्यामा यात्रु नपाएपछि तत्काल जापानमा उडान नथालिने भएको हो ।

अब जापानबाट आफ्नै विमानमा घर जाने, टिकट यसरी किन्न सकिन्छ

निगममा प्रवक्ता नवराज कोइरालाले जापानमा विद्यार्थी जाने सिजन जुन महिनामै सकिएको र नेपाल आएका जापानिज पर्यटक पनि लगभग फर्किसकेका कारण टिकटको बुकिङ राम्रो नभएकाले उडान स्थगित गरिएको जानकारी दिनुभएको छ छ ।

कोइरालाले यात्रु नै नभरी उडान गर्दा वित्तीय संकट आउने अवस्था रहेकाले तत्काल जापानमा सेवा नथाल्ने निश्कर्षमा पुगेको जानकारी दिंदै घाटा हुने भएपछि अहिले नउडाउन खोजिएको बताउनुभयो ।

निगमले अब अगस्टको अन्तिम वा सेप्टेम्बर महिनाबाट जापानमा उडान थाल्नेबारे छलफल भइरहेको र नेपाल एयरलाइन्सले जापानको नारिता विमानस्थलमा उडान थाल्ने गरी प्रक्रिया अघि बढाइरहेकाले सेप्टेम्बरसम्म सबै विषय टुंगो लाग्ने कोइरालाले बताउनुभयो ।

नेपाल एअरलाइन्सले काठमाण्डौ(ओसाकाको एकतर्फी भाडा ४५ हजार र दुईतर्फी भाडा ७७ हजार रुपैयाँ तोकेको थियो । सन् १९९४ देखि २००७ सम्म निगमले जापानमा उडान गरिरहेको थियो । तर, विमान संख्या कम भएपछि उडान बन्द भएको थियो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका एक अधिकारी जापान जस्तो गन्तब्यमा पनि यात्रु नपाएको भन्दै उडान स्थगित गर्नुपर्ने अवस्था लाजमर्दो भएको टिप्पणी गर्नुभएको छ ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!