यि हुन् विश्वको सबैभन्दा लामो खुट्टा भएकी महिला

5 June, 2019 14:07 | बिचित्र | comments | 28800 Views

रसियाकी यि महिलाको नाम विश्वको सबैभन्दा लामो खुट्टा भएकी महिलाको रुपमा गिनिज बुकमा रेकर्ड भएको छ । रसियन मोडेल इकाटेरिना लिसिनाले यस्तो किर्तिमान राखेकी हुन् ।

adsads

यिनले यो भन्दा अघि नै विश्वकी अग्ली मोडलको उपाधि पनि प्राप्त गरिसकेकी छिन् । उनको लम्बाई ६ फिट ९ इन्च रहेको छ । २९ बर्षीया यि मोडलको बायाँ खुट्टाको लम्बाई १३२।८ सेन्टिमिटर छ भने दायाँ खुट्टाको लम्बाई १३२।२ सेन्टिमिटर रहेको छ ।

खासमा इकाटेरिना लिसिनाको परिवारका सबै सदस्यहरु अग्ला नै रहेका छन् । उनका दाजू ६ फिट ६ इन्च अग्ला छन् । जबकी उनका बुवा ६ फिट ५ इन्च अग्ला छन् भने उनकी आमा ६ फिट १ इन्च अग्ली रहेकी छिन् ।

लिसिना भन्छिन्, गिनीज बुक अफ वल्र्ड रेकर्डमा आफ्नो नाम आउनु मेरा लागि एकदमै गर्वको विषय रहेको छ । गिनिज बुकमा नाम लेखाउन पाउँदा निकै अनौठो अनुभुति भइरहेको भन्दै यसले दिनानुदिन पाइरहेको सकारात्मक दृष्टिमा अझै बढोत्तरी हुने विश्वास रहेको बताइन् ।

कुनैबेला लामा खुट्टाका कारण अपहेलनाको सिकार हुनुपरेकी यि मोडलले अन्ततः विश्वकै लामो खुट्टा भएकी महिलाको रुपमा गिनिज बुकमा नाम लेखाएर विश्वभर चर्चामा पाएकी छिन् ।
एजेन्सी

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

नोट

फेसबुक

नोट

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!