यी हुन् सबैभन्दा धेरै सुन भएका देशहरु

19 June, 2019 14:58 | बिचित्र | comments | 30900 Views

सुन विश्वका महंगा धातुहरु मध्येको एक हो । यो व्यक्तिको मात्र होइन मुलुककै सम्पत्तिको सूचकको रुपमा पनि रहने गरेको छ ।

adsads
विश्वका धनी देशहरुसँग प्रसस्त मात्रामा सुनको भण्डारण रहेको छ ।

यी देशहरु विश्वमा सबैभन्दा धेरै सुन रहेका देशहरु हुन्ः

अमेरिकाः यो देश विश्वमा सबैभन्दा धेरै सुन भण्डारण रहेको देशको सूचिमा पहिलो नम्बरमा छ । अमेरिकासँग ८ हजार १३३ दशमलब ५ टन सुन रहेको छ ।

जर्मनीः सबैभन्दा धेरै सुनको धनी रहेको मुलुकको दोश्रो स्थानमा जर्मनी रहेको छ । वल्र्ड गोल्ड काउन्सिलका अनुसार जर्मनीको स्वामित्वमा ३३ सय ८१ टन सुन रहेको छ । जर्मनी सबैभन्दा धेरै सुन रहेको युरोपेली मुलुक पनि हो ।

इटालीः सबैभन्दा धेरै सुन रहेको मुलुकको तेश्रो स्थानमा रहेको इटालीसँग २४ सय ५२ टन सुन रहेको छ ।

फ्रान्सः ढुकुटीमा सबैभन्दा धेरै सुन रहेको मुलुकको चौथो स्थानमा फ्रान्स रहेको छ । फ्रान्ससँग २४ सय ३६ टन सुन रहेको छ ।

चीनः छिमेकी मुलक चीन विश्वमा सबैभन्दा धेरै सुन रहेको मुलुकको पाँचौ स्थानमा रहेको छ । विश्व सुन परिषदका अनुसार चीनसँग १७६२ टन सुन रहेको छ ।

रुसः क्षेत्रफलको आधारमा विश्वको सबैभन्दा ठूलो मुलुक रुस सुनको मामिलामा चाहीँ छैटौँ स्थानमा रहेको छ । रुससँग १३ सय ९३ टन सुन रहेको छ ।

स्विजरल्याण्डः युरोपेली मुलुक स्विजरल्याण्ड बढि सुन रहेको देशको सूचिमा सातौँ स्थानमा रहेको छ । स्विजरल्याण्डसँग १०४० टन सुन रहेको छ ।

जापानः आठौँ स्थानमा रहेको जापानसँग ७६५ टन सुन रहेको छ । जापानसँग सन् १९५० मा केवल ६ टनमात्र सुन थियो ।

नेदरल्याण्डः ढुकुटीमा सबैभन्दा धेरै सुन रहेको मुलुकको नवौँ मुलुक नेदरल्याण्ड हो । जहाँ ६१२ टन सुन रहेको छ ।

भारतः ढुकुटीमा सुन रहेको मुलुकको दशौँ स्थानमा भारत रहेको छ । भारतसँग ५५७ दशमबल ७ टन सुन रहेको छ । रोचक त के भने भारत सरकार सँग आधिकारिक रुपमा रहेको सुनको परिमाण भन्दा भारतका जनता तथा मन्दिरहरुमा रहेको सुनको परिमाण धेरै छ ।
एजेन्सीको सहयोगमा

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!