युएनए सम्मेलन युएनए सम्मेलन

  • युएनए सम्मेलन
  • युएनए सम्मेलन
  • युएनए सम्मेलन
  • युएनए सम्मेलन
  • युएनए सम्मेलन
  • युएनए सम्मेलन

युएनए सम्मेलनमा एनआरएनए अध्यक्ष भट्टसहित विभिन्न व्यक्तित्वहरुले सहभागिता जनाउने

29 April, 2019 17:20 | प्रबास | comments | 14550 Views

बुद्ध लामा, इन्दिरा जोशी, तेरिया मगर, घले दम्पत्ति, भवन भट्ट, जोली अमात्य लगायत आउने

युएनए सम्मेलनविजय थापा ,डिसी – विश्वकै सम्राट राज्य न्यू योर्कमा आगामी मे २५ र २६ तारिखमा हुने युनाइटेड नेप्लिज एशोसिएशन (युएनए) को चौथो सम्मेलनमा नेपाल लगायत विभिन्न राष्ट्रहरुबाट विशिष्ट तथा समुदायका चर्चित व्यक्तित्वहरुले सहभागिता जनाउने भएका छन् ।गत बर्ष मेमोरियल दिवस (स्मारक ) को अवसरमा अमेरिकाको टेक्सस राज्यमा सफलता पूर्वक सम्पन्न भएको युनाइटेड नेप्लिज एशोसिएशन (युएनए) को सम्मेलनमा गैर आवसीय नेपाली संघ अन्तर राष्ट्रिय समन्वय समितिका पूर्व अध्यक्ष शेष घले आफ्नी जीवन संगिनी जमुना घलेका साथ आएका थिए ।

adsads

यस पटक पनि शेष घले तथा जमुना घले आउने भएका छन् । यसको साथै वर्तमान गैर आवसीय नेपाली संघ अन्तर राष्ट्रिय समन्वय समितिका अध्यक्ष भवन भट्ट जापानबाट आउने पक्का भएको छ । यसै गरि प्रथम हवाई जहाज निर्माण गर्ने विमान चालक प्रमोद रेग्मीका साथै हाल सयुक्त राष्ट्र संघकी पूर्व युवा सम्मेलनकी सभापति तथा हाल मेजर ग्रुप फर चिल्ड्रेन एण्ड युथ को सचिवालयमा कार्यरत जोली अमात्यले समेत सहभागिता जनाउने सम्मेलनका सह संयोजक पवन योञ्जनले जानकारी दिएका छन् ।

यसै गरि अमेरिकाका लागि नेपाली राजदूत अर्जुन कुमार कार्की ( विद्या वारिधि) ,युएनएका संस्थापक तथा सफल व्यवसायी पासांग लामा, नेपाल सरकारका लागि बाणिज्यदूत एसी शेर्पा , टेक्ससबाट एनआरएन अमेरिकाका लागि प्रादेशिक संयोजक गौरी राज जोशी, युएनएका संयोजक सोनाम लामा तथा न्यू योर्क शहरका लागि परिषद सदस्य कोस्टा कंस्टयाटिनिडिसको पनि सहभागिता हुनेछ ।

युएनएका संस्थापक तथा संयोजक सोनम लामा आयोजक नै हुन् तथापी उनीहरुको भूमिका निकै महत्वपूर्ण हुने हुनाले उनीहरुले विशेष अतिथिहरुलाई स्वागत गर्ने छन् । यसै गरि प्रथम नेपाल आइडलका प्रथम विजेता बुद्ध लामा, इन्दिरा जोशी, तेरिया मगर, मिस नेपाल युनिभर्स मनिता देवकोटा तथा चर्चित गायक धिरज राई लगायत अन्यहरुको सहभागिता हुनेछ ।

गत ३ बर्ष देखि सम्मेलन गर्दै आएको युएनएले यस पटक पनि अमेरिकाको टेक्सस ड्यालसमा गर्ने भएको छ । प्रथम सम्मेलन क्यालिफोर्नियामा गरेको थियो भने दोश्रो सम्मेलन टेक्ससको ड्यालस मै गरेको थियो ।युनाइटेड नेप्लिज एशोसिएशन (युएनए) संस्थापक पासांग लामा ले युवाहरुको काँधमा जिम्मेवारी सुम्पिएकोले यस्ले निकै अर्थ लाग्दछ भन्दै सबैलाई सहभागी हुन् आग्रह गरेका छन् ।

सम्मेलनमा बिभिन्न खेलकुद प्रतियोगिता, मनोरञ्जनात्मक कार्यक्रम, अभिमुखीकरण, गोष्ठी कार्यशाला, बालबालिका लक्षित बिबिध कार्यक्रम हुने छ ।गत बर्ष शेष घले तथा जमुना घलेले उत्प्रेरणादायक आफ्ना कथा सुनाएका थिए भने यस पटक पनि यस्ता कुराहरु सुन्ने युवाहरुले पाउने भएका छन् ।

मुलत अमेरिकामा जन्मेका दोस्रो पुस्ता तथा युवाहरु सम्भावनाका भण्डार भएकोले उनीहरुलाई प्राथमिकताको साथ यस सम्मेलनमा पनि संलग्न गराइएको जानकारी सोनाम लामाले दिएका छन् ।

नेपाली समुदायका सदस्यहरुलाई मुलधारमा कसरी लग्ने , राजनीतिमा कसरी सहभागिता जनाउने ,मुलधारमा प्रवेश गरि राजनीतिमा कसरी आफ्नो पहिचान राख्ने आदी ईत्यादी बिषयमा समेत सचेतना ल्याउने काममा युनाइटेड नेप्लिज एशोसिएशन (युएनए)ले भूमिका निर्वाह गर्ने संस्थापक पासांग लामाले बताए ।

न्यूयोर्कमा हुने युएनए सम्मेलनको तयारी भब्य

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
युएनए सम्मेलन

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

विप्रेषण आप्रवाह घट्दो

फेसबुक

विप्रेषण आप्रवाह घट्दो

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!