नोट नोट

  • नोट
  • नोट
  • नोट
  • नोट
  • नोट
  • नोट

युके र हङकङमा बस्ने नेपालीद्वारा अग्नि पीडितलाई आर्थिक सहयोग

1 June, 2019 23:59 | प्रबास | comments | 18900 Views

नोट

घर जलेर गोठमा बस्दै आउनुभएका वालिङ्का अग्नि पीडित एक परिवारलाई तीन लाख आर्थिक सहयोग प्रदान गरिएको छ । वालिङ नगरपालिका ३ घर भई युके र हङकङमा बस्नेहरुले अग्नि पीडित वालिङ ३ माझकोटका दिमबहादुर गुरुङलाई सो रकम हस्तान्तरण गरिएको हो ।

adsads

रोजगारीको सिलसिलामा युकेमा बस्दै आउनुभएका माझकोटका खुमबहादुर गुरुङ र हङकङमा बस्दै आउनुभएका मुकबहादुर गुरुङको पहलमा सङकलन भएको रु तीन लाख १२ हजार वालिङ नगरपालिकाका नगरप्रमुख दिलीपप्रताप खाँणले अग्नि पीडितलाई हस्तान्तरण गर्नुभएको हो ।

युकेमा २२ जनाबाट दुई लाख र हङकङमा एक लाख १२ हजार संकलन भएको रकम युकेमा बस्दै आउनुभएका फत्तबहादुर गुरुङमार्फत उपलब्ध गराइएको थियो । विदेशमा रोजगारीमा रहेर पनि आफ्ना गाउँ ठाउँमा समस्या परेका बेला सहयोग गर्ने सहयोगीहरुलाई नगरप्रमुख खाँणले धन्यवाद व्यक्त गर्दै घरबास गुमाएको परिवारलाई ठूलो राहत मिलेको बताउनुभयो ।

अग्निपीडितलाई फुजैराह यूएईबाट आर्थिक सहयोग

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
नोट

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

तिजका अवसरमा सरसफाइ

फेसबुक

तिजका अवसरमा सरसफाइ

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!