डब्लुएचओडब्लुएचओ

  • डब्लुएचओ
  • डब्लुएचओ
  • डब्लुएचओ
  • डब्लुएचओ
  • डब्लुएचओ
  • डब्लुएचओ

युगान्डामा फैलिएको इबोलाप्रति डब्लुएचओको आकस्मिक बैठक

14 June, 2019 22:51 |विश्व समाचार | comments | 22950 Views

    डब्लुएचओ

    अफ्रिकी मुलुकहरु कङ्गो र युगान्डामा प्राणघातक रोग इबोलाका बिरामी देखिएपछि विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को शुक्रबार आपतकालीन बैठक बस्दैछ । बैठकले इबोलाको महामारीलाई अन्तर्राष्ट्रिय खतराका रुपमा घोषणा गर्ने या नगर्ने भन्ने निर्णय गर्नेछ ।

    adsads

    सन् २००५ मा गठन भएको संगठनको आपतकालीन समूहको बैठक यसअघि चार पटक बसेको छ । यसअघि सन् २००९ मा महामारीको रुप धारण गरेको एच१एन१ अर्थात् स्वाइनफ्लु, सन् २०१४ को पोलियो भाइरसको फैलावट, सन् २०१४ देखि २०१६ को अवधिमा पश्चिम अफ्रिकामा महामारीका रुपमा फैलिएको इबोला तथा सन् २०१६ मा जिका भाइरस फैलिएको समयमा यस समूहको आपतकालीन बैठक बसेको थियो ।

    गत अगष्टमा पूर्वी कंगोबाट शुरु भएको इबोलाबाट दुई हजार मानिस प्रभावित भइसकेका र त्यसमध्ये दुई तिहाईमा प्राणघातक अवस्था देखिएको छ ।कंगोमा देखिएको यस इबोला संकटका विषयमा विश्व स्वास्थ्य संगठनले प्रत्यक्ष निगरानी गरिरहेको छ । तर गत अक्टोबर र अप्रिल बैठकमा इबोला संक्रमण कंगोमा मात्र सीमित देखिएको भन्दै अन्तर्राष्ट्रिय खतराका रुपमा लिइएको थिएन । तर कंगो सहित युगान्डामा समेत इबोलाका बिरामी देखिएकाले अन्तर्राष्ट्रिय चेतावनी नै सार्वजनिक गर्नुपर्ने अवस्था सिर्जना भएको डब्लुएचओको भनाई छ ।

    इबोलाबाट युगान्डामा दुई जनाको यसअघि नै मृत्यु भइसकेको छ । इबोला भएका व्यक्तिले अर्को व्यक्तिलाई छोएमा इबोलाको भाइरस संक्रमण हुने गर्दछ । इबोला संक्रमित बिरामीमा अति उच्च ज्वरो आउने र समयमै उपचार नपाए त्यस्ता बिरामीको मृत्यु पनि हुने गर्दछ ।

    युगान्डामा प्राणघातक रोग इबोलाको संक्रमण देखियो

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
    डब्लुएचओ

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!