युट्युब मार्फत फिल्म क्षेत्रको बदनाम गर्न खोजेको आरोपमा एक जना पक्राउ

12 June, 2019 15:10 | कला/मनोरन्जन , कलिउड | comments | 14850 Views

युट्युब मार्फत फिल्म क्षेत्रको बदनाम गरेको अभियोगमा मेमे नेपालका सञ्चालक भक्तपुर बालकोट बस्ने सुनसरी धरान उपमहानगरपालिका-१४ बिजयनगरका २४ वर्षीय प्रनेश गौतमलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । मिलन चाम्लिङ राईले निर्देशन गरेको नेपाली कथानक चलचित्र ‘वीरबिक्रम २’ को प्रचार प्रसार गरीदिन्छु भन्ने कुराकानीमा निर्देशक राईले नमाने पश्चात प्रनेश समेतले निर्देशक तथा कलाकारको मानप्रतिष्ठामा खलल पुर्‍याउने, चलचित्रको ब्यापार व्यवसायमा घाटा पुर्‍याउने, गाली गलौज गर्ने र चलचित्रको बदनाम समेत गरेको भनि निर्देशक राईको जाहेरीको आधारमा महानगरीय अपराध महाशाखा टेकुबाट खटिएको प्रहरीले प्रनेशलाई काठमाडौं टेकुबाट पक्राउ गरेको हो ।

adsads

उनलाई विद्युतीय कारोबार ऐन अन्तर्गत अनुसन्धान कारवाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको सो महाशाखाले जनाएको छ ।

पैसाका लागि हिरोइन नंग्याउनु मानव नभएर दानव हो:निर्देशक दिनेश पौडेल(भिडियो)

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

खानेपानीमन्त्री बीना मगर

फेसबुक

खानेपानीमन्त्री बीना मगर

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!