ज्ञानेन्द्र शाहीज्ञानेन्द्र शाही

  • ज्ञानेन्द्र शाही
  • ज्ञानेन्द्र शाही
  • ज्ञानेन्द्र शाही
  • ज्ञानेन्द्र शाही
  • ज्ञानेन्द्र शाही
  • ज्ञानेन्द्र शाही

युवासंघको काम ज्ञानेन्द्र शाहीको प्रतिकार कि भ्रष्टाचारीको ?

17 September, 2019 10:54 |राजनीति | comments | 10500 Views

    ज्ञानेन्द्र शाही

    सोमबार सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले लोकतान्त्रिक गणतन्त्रविरुद्ध हुने अराजक र प्रतिक्रियावादी प्रवृत्तिप्रति सजग रहँदै त्यसको प्रतिकार गर्न युवा विद्यार्थीलाई आह्वान गर्नुभयो ।

    पार्टीका दिवङ्गत नेता पोष्टबहादुर बोगटीको पाँचौँ स्मृति दिवसका अवसरमा नेकपाको केन्द्रीय कार्यालय धुम्रबाराहीमा आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले परिवर्तनलाई रक्षा गर्दै समाजवादोन्मुख यात्रामा अघि बढ्ने सङ्कल्प गर्न आवश्यक भएको र अराजकतावादी विरुद्ध सजग रही प्रतिकार गर्न आग्रह गर्नुभयो ।

    adsads

    सोही आव्हानको केही घण्टामै नेकपाको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालले ज्ञानेन्द्र शाहीको प्रतिकारमा उत्रने सार्वजनिक सूचना जारी गर्दै जिल्ला प्रवेश निषेध गरेको घोषणा गर्यो । प्रचण्डको निर्देशनपछि नेकपाको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालले ज्ञानेन्द्र शाहीको प्रतिकार सुरु गरेको भन्दै जिल्ला प्रवेशमा रोक लगाएको घोषणा गरेको हो ।

    सो संगठनले कास्की र धनुषामा शाहीको प्रवेशमै निषेध गरेर प्रतिकार अभियान सुरु गरेको जनाएको छ । सुरुमा युवा संघ कास्कीले जिल्ला प्रवेशमा रोक लगाएको घोषणा गरेको थियो । त्यसपछि धनुषाले पनि गणतन्त्रबिरोधी अराजकताका नाइके भन्दै शाहीलाई जिल्ला प्रवेश निषेध गरेको छ ।

    राष्ट्रिय युवा संघ नेपाल, कास्की र धनुषाले विज्ञप्ति जारी गर्दै ज्ञानेन्द्र शाहीलाई जिल्लामा आउन प्रतिबन्ध लगाएको घोषणा गरेको हो । ‘हजारौं जनताको बलिदानीबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता, समावेशी समानुपातिकविरूद्ध अभियान चलाउने ज्ञानेन्द्र बहादुर शाही (ज्ञानेन्द्र शाही)लाई प्रवेश निषेध गरिएको छ,’ राष्ट्रिय युवा संघ नेपाल, कास्की र धनुषाले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

    शाहीलाई जिल्ला प्रवशेमा रोक लगाउने युवासंघ को हो ? यो आजकता मच्चाउने र बिरोधी निमिट्यान्न पार्ने खेल बाहेक केही हैन । युवासंघ जस्तो सशक्त संगठनलाई एउटा व्यक्तिको प्रतिकार गर्न कति सुहाउँछ । यसले ज्ञानेन्द्र शाहीको उचाई कति बढाउँछ र युवासंघको कति भन्ने प्रश्न उठेको छ । अर्कोतिर शाहीले कानुन विपरीत काम गरेका भए कानुनले काम गर्छ । कसैलाई जिल्ला प्रवेशमै रोक लगाउने अधिकार युवासंघलाई कसले दियो ?

    पछिल्लो समय केही व्यक्तिका पछाडि राज्य र त्यसका संचालकका भातृ संगठनहरु लागिरहेका छन् । यो राज्यको कमजोरी वा राज्यलाई निरीह देखाउने उपक्रम मात्र हो । शनिबार नेपालगञ्ज विमानस्थलमा संस्कृति, पर्यटनन तथाा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईमाथि भएको दुव्र्यवहारलाई लिएर नेकपाको भातृ संगठन युवासंघले पछि मुलुक कुन दिशातिर जाँदैछ भन्ने संकेत समेत दिएको छ ।

    शाही दोषी हुन् भने उनलाई कानुनले कारबाही गर्नुपर्छ र गर्छ पनि । तर आफ्नो रुची र चाहना विपरीतको बोल्यो भन्दैमा पार्टीका शीर्ष नेता आव्हान गर्ने अनि कार्यकर्ता एउटा व्यक्तिको पछि लागेर समय वर्वाद गर्न मिल्छ ? के युवासंघको हैसियत एक्ला ज्ञानेन्द्र शाहीको प्रतिकार गर्नु हो र मुलुकमा विद्यमान भ्रष्टाचार, कुरिती, कुप्रथा, बेथितिका बिरुद्ध चुँ नबोली आफ्ना नेतालाई बचाउने मात्रै हो ?

    युवाहरु सिर्जनशील भए मात्र देश बन्छ । खै युवासंघले समयमा काम नगर्ने ठेकेदारको प्रतिकार गरेको ? खै प्रचण्डले त्यस्तालाई ठृगान लगाउन आव्हान गरेको ? सत्ता जोगाउने र सत्तामाथि धारेहात लगाउनेहरुलाई प्रतिकार गरेर गणतन्त्र जोगिन्छ भन्नु राणाकालीन सोच बाहेक केही हैन ।

    युवासंघले काठमाडौंका सडकहरु बेहाल बनाउने ठेकेदारको प्रतिकार गरेका भए सारा जनता उनीहरुसंगै सडकमा जान्थे । मालपोत, यातायातमा घूसखोरी बिरुद्ध अभियानन चलाएका भए त्यहाँ पनि जनताले साथ दिन्थे । कालोबजारी, मिसावट बिरुद्ध युवा परिचालन गरेका भए सिंगो देशले साथ दिन्थ्यो । हो, उनीहरु भन्छन् यो काम राज्यको हो र कानुन अनुसार हुनुपर्छ । त्यसो भए ज्ञानेन्द्र शाहीलाई जिल्ला प्रवेशमा रोक लगाउने अधिकार कुन कानुनले दियो । आज ज्ञानेन्द्र शाही, भोलि शेरबहादुर, पर्सी बाबुराम भट्टराई? जो जो सरकारका बिरुद्धमा बोल्छन् ती सबको प्रतिकार गर्दै हिंड्ने हो युवा संघले ?

    युवासंघको यो कदम सरकारकै निर्देशनमा भएको बुझ्न गाह्रो छैन । यो विषयमा रवि लामिछाने प्रकरण पनि जोडिएर आउँछ । रविलाई कानुन लगाएर समाप्त गर्न नसकेपछि अब बाहुबल प्रयोग गर्ने रणनीति लिइएको बुझ्न गाह्रो छैन । ज्ञानेन्द्र शाहीका कदम सही छन् या गलत छन्, उनको बोली नरम छ या कडा त्यो चासोको विषय हैन तर एक नागरिकलाई सत्तारुढ दलको भातृ संगठनले जिल्ला प्रवेशमा रोक लगाएको घोषणा गर्नु कानुनसम्मत हुन सक्छ ?

    अध्यक्ष प्रचण्डको आव्हान र युवासंघको उर्दीपछि मुलुकमा मुठभेडको वातावरण सिर्जना त हुने हैन भन्ने चिन्ता आम रुपमा जागृत भएको छ । देशभित्र निर्वाध घुमफिर गर्न पाउने व्यक्तिको अधिकार हनन् गर्ने युवासंघको पछिल्लो निर्णयले सत्तापक्ष बाहेक अरु सबै प्रतिक्रियावादी हुन् भन्ने सन्देश पनि दिएको छ । मुलुक अधिनायकवादतिर जाँदै गरेको आरोपलाई यो प्रकरणले एक खुडकिलो चढाइदिएको छ ।

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
    ज्ञानेन्द्र शाही

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!