युवाहरुलाई उद्यमशील बनाए मात्र देशको समृद्धि : भट्टराई

11 November, 2019 21:26 |राजनीति | comments | 9600 Views

    पोखरा– आउँदो मंसिर १४ गते कास्की निर्वाचन क्षेत्र नं. २ मा हुन गइरहेको संसदीय उप–निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेदवार विद्या भट्टराई अधिकारीले समृद्ध नेपालका लागि उद्यमशील युवा बनाउनु पर्ने बताउनु भएको छ ।

    भट्टराईले समृद्ध नेपाल निर्माणको लागि एक आधारशिला वर्तमान सरकारको लक्ष्य भएको हुँदा सो प्राप्तिका लागि युवाहरूलाई उद्यमशिल बनाउन र उत्पादनमुखी काममा सरिक बनाउन आफु विशेष जोड दिने बताउनु भएको छ ।

    adsads

    सोमबार निर्वाचन प्रचारका क्रममा पोखरा महानगरपालिका वडा नं. ४ का जनताहरूसँग प्रत्यक्ष भेट पश्चात आयोजित कोणसभालाई सम्बोधन गर्दै सो कुरा बताउनु भएको हो ।

    उहाँले कम्युनिष्टहरू अग्रगामी हुने हुँदा समाज र राष्ट्रलाई अगाडि बढाउन कम्युनिष्ट पार्टीका प्रतिनिधिहरूले जनचाहनाको उच्च कदर गर्दै आफ्ना कार्यहरू सो कुरामा केन्द्रीत गर्नुपर्ने पनि बताउनु भयो ।

    विगतको निर्वाचनमा आफ्नो पार्टीले वाचागरेका प्रतिवद्धताहरू र जनताका आकांक्षाहरू आफ्नो निर्वाचनको केन्द्रविन्दू रहेको भन्दै सोही अनुसार आफु अघि बढ्ने बताउनु भयो । जन सहभागिता बिना राजनीतिक भूमिका विस्तार हुन नसक्ने र प्रभावकारी राजनीतिक भूभिका बिना सभ्य र विकसित समाजको निर्माण हुन नसक्ने भन्दै सबै जनताहरू राजनीतिकरूपमा सचेत भएर जन प्रतिनिधिहरूलाई निरन्तर खवरदारी गर्न आग्रह गर्नु भयो ।

    यस अघि भट्टराईले सोमबार बिहान सो वडाको नालाको मुख स्थित नेपाली राजनीतिका लौह पुरुष स्व. गणेशमान सिंहको शालिकमा माल्र्यापर्ण गरी उक्त वडाको जनताहरूसँग भेटघाट शुरू गर्नु भएको हो । सयौं नेता, कार्यकर्ताहरूका साथमा जनसाक्षात्कार गर्नु भएकी उम्मेदवार भट्टराईलाई सो वडाका वासिन्दाहरूले यस पालिको निर्वाचनमा दोब्बर मतले निर्वाचित गराउने प्रपितवद्धता व्यक्त गरेका थिए ।

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    राशिफल

    फेसबुक

    राशिफल

    ट्वीटर

    सामाजिक सञ्जाल

    More