“युवाहरुलाई स्थान नदिएर बुढाहरुले नेतृत्व ‘जाम’ गरे”- राजीव विक्रम शाह

15 February, 2019 17:02 | अन्तरवार्ता | comments | 115350 Views

राजीव विक्रम शाहको परिचय एक राजनीतिज्ञका रुपमा वा पूर्व सांसद अनि नेपाली काँग्रेस नेतामा मात्र पनि सीमित छैन । उहाँको सबभन्दा ठूलो चिनारी भनेको समाजसेवा हो र आफ्नो जन्मथलो जाजरकोटको विकासमा उहाँ दत्तचित्त भएर लागिरहनुभएको छ ।

adsads

प्रस्तुत छ– शाहसंग सामसामयिक विषयमा नेपाल जापानका लागि सूर्यप्रसाद कोइरालाले गरेको कुराकानी ।

० अहिले देशको समसामयिक राजनीति कस्तो पाउनु हुन्छ ?
खास गरेर ‘पार्लियामेन्ट्री सिम्पल मेजररिटिको सरकारले आफ्ना विकासे योजनाहरु निर्धक्कसँग अगाडि बढाउन सक्छ । आर्थिक सम्वृद्धि पनि ल्याउन सक्छ । तर अहिले त दुईतिहाइ बहुमतको सरकार छ । यसले चाहँदा देश सहजै आर्थिक तथा सामाजिक उन्नती परिणाममा ल्याउन सक्छ । आखिर यस्तो भइरहेको छैन । जनअपेक्षा अनुसार उपलब्धीमूलक काम भइरहेको छैन । देशको राजनीति यस्तै असन्तुष्टि र अब के हुने हो, कसो हुने हो भन्ने आशंका मै रुमलिएको पाउँछु म ।

० नेपाली काँग्रेसले मूलभूतरुपमा प्रमुख प्रतिपक्षको भूमिका राम्रोसँग निभाउन नसकेको भन्ने आरोप पनि छ नि त ?
काँग्रेसले हिजो जुन किसिमले सत्ता समालेको थियो त्यतिबेला काँग्रेस आफै आन्तरिक द्वन्द्व र कलहको शिकार भयो जसका कारण राम्रा विकासका योजनाहरु प्रस्तुत गरेर पनि जनतामा नारा दिन सकेन । उसले आफ्नो लोकतन्त्रप्रतिको प्रतिबद्धता जाहेर गर्दै प्रचारमुखि नभै कार्यमुखी भयो । नेविसंघभित्रको विवाद भर्खरै सम्पन्न महासमिति बैठकको अजेण्डादेखि केन्द्रका बैठकसम्म आ–आफ्ना स्वार्थ गुटका चाहना प्रस्तुत गरिए ।

स्वार्थका मुद्दाहरुले ठाउँ लिदा पार्टी सभापति स्वतः कमजोर बनाइएको देखियो । सभापतिलाई कमजोर बनाउँदा समग्र पार्टी संरचना नै खलबलिन सक्छ । यस्तोमा सकारात्मक सुझावभन्दा पनि व्यक्तिगत लाभका कुरा, गुटका आवाजलाई बढावा दिदा हाम्रो आवाज केही मलिन पक्कै भएको हो ।

नेकपाको केन्द्रिय कमिटिकै कुरा गरौं न, पैतिसदेखि पचपन्न÷साठी उमेर हाराहारीका नेताहरु सक्रिय छन् । उनीहरुमा जोश–जागर छ । हाम्रो कुरा गरौं नेविसंघ अस्तव्यस्त छ । जुन काँग्रेसको नेतृत्व उत्पादन गर्ने नर्सरी हो । केन्द्रिय समितिमा पच्पन्नदेखि पचहत्तर उमेर हाराहारीका नेताहरु हुनुहुन्छ, जसका कारण युवा जोश जागर पाईंदैन, भिजन पनि खासै देखिदैन । यस्तोमा नेकपासँग काँग्रेसको ९ लाख भोट फरक छ त्यसलाई कम गर्न काँग्रेस आक्रामक आर्थिक नीति लिएर अगाडि बढ्नु पर्छ त्यो वातावरण अहिले काँग्रेसमा छैन । त्यसै कारण जनतामा र आम कांग्रेसजनमा निराशा छाएको हुनुपर्छ ।

० भनेपछि कांग्रेस आफ्नै आन्तरिक कलहको सिकार हुँदा यसको प्रभाव जनता सम्मै परेको भनेर बुझुनुपर्यो हामीले ?
हाम्रो पार्टीभित्र युवाहरुलाई स्थान कम दिदा बुढाहरुले नेतृत्व जाम गरेको र नयाँलाई नेतृत्वमा प्रवेशको वातावरण नबनेको अवस्था छ । भर्खरै सम्पन्न महासमिति बैठकमा मैले लिखित कार्यपत्र प्रस्तुत गरेको थिएँ । जसमा सिनियरहरुलाई माथिल्लो सदन र युवाहरुलाई तल्लो सदनमा राख्नुपर्छ । अहिले १६६ जना केन्द्रिय सदस्यहरु हुनुहन्छ । एकजना बराबर ३ मिनेट समय लिएर बैठकमा बोल्दा कति समय जान्छ तपाई आफै हिसाब गर्न सक्नुहुन्छ । यसरि कसरि संगठन चुस्त र दुरुस्त हुन्छ । छिटो निर्णय कसरि हुनसक्छ । यस्तोमा सभापतिलाई हातखुट्टा बाँधेर अगाडि बढ्नुस भन्न त मिलेन ।

० प्रसङ्ग बदलौ, यहाँले जाजरकोटमा आफ्नो नीजि लगानीमा सुविधासम्पन्न अस्पताल निर्माण गर्नु भयो, यसको सर्वत्र प्रशंसा पनि भयो । खासमा यो चुनावी राजनीतिबाट प्रभावित भएर बनाएको भन्ने सुनिन्छ नि ?
सम्भवत ६६ सालतिरको कुरा हो म मेरो गाँउ जाजरकोटमा झाडापखलाको महामारि फैलिदा केही डाक्टर र मेडिकल सहयोगिका साथ हेलिकप्टर लिएर पुगेको थिएँ । त्यसैबेला मैले मेरो जिल्ला जाजरकोटमा एउटा सुविधा सम्पन्न अस्पताल बनाउनुपर्छ भन्ने निर्णय गरेको थिएँ । त्यतिबेला १० हजार मानिस झाडापखलाबाट प्रभावित भए भने २०० जना मानिसको मृत्यु भयो । त्यो बेलाको मेरो निर्णय अहिले सफल भएको हो ।

मैले चुनाव हार्नु जित्नु भन्दापनि सेवाको भावबाट पे्ररित भएर नै यो काम भएको हो । त्यति हुँदाहुदै पनि ६६ सालसम्म जाजरकोटमा डाक्टर, इन्जिनियर, प्रशासक औँलामा गन्दा पनि नपाइने अवस्था थियो । अहिले मेरै कोअर्डिनेशनमा जिल्ला विकासले ५ लाख, पाटन अस्पतालले ५ लाख र मेरो निजी ५ लाख लगानी गरेर डाक्टर पढाउने काम भइरहेको छ । उनीहरुले आफ्नो पढाइ पश्चात जाजरकोटमै गएर बिरामीको सेवा गर्नुपर्ने शर्त छ ।

० मध्य पश्चिम नेपालमा तपाईं जस्ता नेता दशजना मात्र भए त्यहाँको मुहार फेरिन्थ्यो भन्नेहरु पनि छन् तपाईंलाई कस्तो लाग्छ ?
म ठूलो नेता बन्छु, मन्त्री बन्छु प्रधानमन्त्री बन्छु भनेर म जिल्ला गएको थिइन । पढाई सकिएपछि म नेपाल आएर होटल व्यवसायमा संलग्न हुन चाहन्थे । जब जाजरकोट पुगें त्यहाँको आर्थिक, सामाजिक, राजनीतिक अवस्था देख्दा त्यहीँ केही गरुँ भन्ने भावना जाग्यो । पछि विस्तारै शेरबहादुर दाइले कांग्रेसको राजनीतिमा आउन भन्नुभयो र म काँग्रेसको प्रत्यक्ष राजनीतिमा संलग्न भएँ । मेरो उद्देश्य मध्यपश्चिम नेपाल अर्थात ६ नं प्रदेशलाई आर्थिक र सामाजिक रुपमा समृद्ध बनाउनु हो ।

० अब फेरि राजनीतिकै कुरा गरौं, देशमा लोकतन्त्र नै धरापमा परिरहेको छ भन्ने पनि हल्ला मिडियामा सुनिन्छ के हुँदैछ खासमा ?
हेर्नुस्, संविधान दिएर मात्र हुँदैन । योसँगै आर्थिक र अन्तर्राष्ट्रिय नीति पनि बनाएर जानु पर्छ भनेर मैले उसबेला पार्लियामेन्टमै पनि बोलेको थिएँ । हामीले हाम्रो नेतृत्वमा संविधान जारी गर्दा एमाले, माओवादी र मधेशवादी पार्टीको संलग्नता थियो । अहिले संविधानले नै सबै कुरा दिने होइन रहेछ । यो संगै परराष्ट्र र आर्थिक नीति पनि दिनुपर्दो रहेछ भन्ने भान सर्वत्र छाएको छ । हामी विकासका कुराहरुमा एक हुन सकेनौ, सत्ता राजनीतिमा केन्द्रीत भयौँ । पार्टी फरक भए पनि विकासका कुरामा हामी एक हुन सक्नुपथ्र्यो । जसका कारण आम जनतामा निराशा छाएको भने पक्कै हो ।

० नेपाल यतिबेला शक्ति राष्ट्रहरुको खेलमैदान बन्दैछ भन्ने सुनिन्छ नि तपाइलाई कस्तो लाग्छ ?
राजनीति त सेवाको लागि हुनुपर्ने हो । सेवा सँगसँगै कामहरु पनि मिलाउन सक्नुपर्यो । प्रश्नमाथि प्रश्न उठाएर मात्र हुँदैन । समस्याको निकाश र विकास दिन सक्नुपर्छ । अहिले विकासका लागि संसारभर लोकतन्त्रलाई अख्तियार गरिएको पाइन्छ ।

एउटा कम्युनिष्ट शासन भएको देश हो । हामीकहाँ पनि कम्युनिष्ट सरकार छ । यसले कम्युनिष्ट सरकारलाई समर्थन दिनु सामान्य हो । प्रचण्डले बोल्दा कमसेकम हामी पनि भेनेजुएला पथमा पुगौँला र बल्लबल्ल एउटा द्वन्दबाट बाहिर आएको अवस्थामा पुनः अर्को द्वन्दमा फसिएला भन्ने सोच्नुपर्थो । के बोल्दा देश हित हुन्छ सोच्नुपर्ने हो । फेरि पनि एउटा नेपाली अर्को नेपालीसंग लड्ने अवस्था नआवोस् ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

शेरधन राई

फेसबुक

शेरधन राई

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!