यु १९ एशिया कप : नेपालद्वारा युएई एक सय ६० रनले पराजित

10 September, 2019 19:58 |खेल | comments | 3300 Views

    श्रीलङ्कामा जारी एसीसी यू–१९ एशिया कप क्रिकेटअन्तर्गत नेपाललेसमूह चरणको अन्तिम खेलमा संयुक्त अरब इमिरेट्स (युएई)लाई १ सय ६० रनले पराजित गरेको छ । नेपालका लागि यस खेल प्रतिष्ठाको लागि मात्र रहेको खेलमा उत्कृष्ट ब्याटिंग गर्दै २८५ रन बनाएको थियो ।

    adsads

    जवाफी ब्याटिङमा उत्रेको युएई ३४.४ ओभरमा १२५ रनमा अलआउट हुन पुग्यो । युएईलाई सस्तोमा समेट्ने क्रममा सागर ढकालले ३ तथा रसिद खान, सूर्य तमाङ र पवन शर्राफले २–२ विकेट लिए ।

    समूह बी मा दुई खेल गुमाएको नेपाल यसअघि नै प्रतियोगिताबाट बाहिरिसकेको छ । नेपाल पहिलो खेलमा श्रीलङ्कासँग पाँच विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा बङ्गलादेशसँग ६ विकेटले पराजित भएसँगै प्रतियोगिताबाट बाहिरिएको हो । यस समूहबाट आयोजक श्रीलङ्का र बङ्गलादेश सेमिफाइनल पुगिसकेको छ ।

    टस हारेर पहिले ब्याटिङ्को निम्तो पाएको नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ६७ रनको योगदान दिए । ५३ बल खेलेका उनले ६ चौकाको मद्दतमा ६७ रन बनाएका हुन् । त्यस्तै सन्दिप जोराले ४८ रन बनाउँदा आशिफ शेखले ४५, राशिद खानले ४४, कमल सिहले ४१ तथा कौशल मल्लले २२ रन जोडे ।

    बलिङतर्फ आकाशा ताहिर र सञ्चित शर्माले तीन तीन विकेट लिए भने पलानीपान मैयाप्पानले दुई विकेट झारे । त्यस्तै रिसब मुखर्जीको नाममा एक विकेट रह्यो ।

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!