यौन रहस्यमय हैन, सामान्य बनाए हिंसा घट्छ

29 March, 2019 13:15 |बिचार | comments | 333150 Views

    अन्जना भण्डारी

    अन्जना भण्डारी ‘यौन सम्बन्ध’ यो शब्द सुन्नेवित्तिकै जिब्रो काट्नेको कमी छैन । कारण यौनलाई लाज, घृणा र जटिल विषय बनाइनाले हो ।

    adsads
    यौन एउटा सामान्य क्रियाकलाप हो भन्ने मान्यताको विकास नभएका कारण नेपालमा मात्र हैन विश्वभर नै यौन हिंसा बढ्दो छ । त्यसैले समाजशास्त्रीहरु यौनलाई जटिल बनाउनुको साटो कसरी मर्यादित बनाउने भन्नेतिर लाग्नुपर्ने सुझाव दिन्छन् ।

    पछिल्लो समयमा नेपालमा बलात्कार र यौनकै कारण महिलाको हत्याका साथै हिंसाका घटना बढिरहेको छ । यरुना र भेनिसा हत्याकाण्डले नेपाली समाजमा यौनले विककराल रुप लिंदैगरेकको पुष्टि गर्दछ । यौन सम्बन्धको विवादले नै यी दुई हत्याकाण्ड मच्चिएको हो ।

    किन घट्छन् यस्ता घटनाहरु ?
    आजभोलि सामाजिक संजालको फेसबुकका कारणबाट पनि कैयौँ घटनाहरु घटेका छन् । फेसबुकमा जो पायो त्यसैलाई साथी बनाउने, जोसँग पनि कुरा गर्ने गर्दा पनि यस्ता घटनाहरुले बढावा पाएको छ । अर्कोतिर त्यस्तो घटना घट्यो भने पनि स्वयं परिवारले नै घटनालाई दबाउने र महिलालाई नै दोष दिने प्रवृत्तिले गर्दा बलात्कारी तथा हिंसा गर्नेको मनोबल बढेको पाइन्छ ।

    सूचना र प्रविधिको विकास र युवा पुस्तामा यसको पहुँचले गर्दा अश्लील चलचित्रहरुको अवलोकनले युवा पुस्तामा विकार भरिरहेको छ । यौनजन्य दृश्यको अवलोकनपछि यौनको चाहनाा बढ्ने र त्यसपछि बलात्कार र हत्याका घटना घट्न पुगेका छन् ।

    किन महिला मात्र हुन्छन् त यस्ता घटनाको शिकार ?
    नेपाल एउटा पुरुष प्रदान देश हो । यहाँ पुरुषले जे गरे पनि हुने मान्यता भएको कारण महिला पुरुषको सुखको साधन मात्र हो भन्ने परिपाटी अझै कायमै छ । यसले पनि यौनहिंसा बढाउन मद्दत गरिरहेको छ । अझै पनि यौन हिंसाका विषयमा दह्रो आवाज उठाउन महिला सक्षम छैनन् । काठमाडौं लगायत ठूला शहरमा महिला अधिकारको नारा घन्काउनेहरु ग्रामीण क्षेत्रमा पुग्नै सकेका छैनन् । अझ बैबाहिक बलात्कारको त कमै मात्र घटना सार्वजनिक हुन्छ ।

    यौन हिंसा जस्ता घटनालाई कम गर्न के गर्नुपर्छ ?
    यौन हिंसा जस्ता घटनालाई कम गर्नको लागि यौन शिक्षा अनिवार्य शर्त हो । तर यहाँ यौन शिक्षा भन्दै यौन विकृति फैलाउने सामग्रीहरु पस्कने गरेको पाइन्छ । सामान्यतया घर परिवार र समाजले यौन भनेको एउटा सामान्य प्राकृतिक नियम मात्र हो भनेर यसलाई धेरै कुतुहलताको विषय नबनाई सरल ढंगले शिक्षित बनाउनेतिर लाग्ने हो र महिलाप्रति सम्मानजनक व्यवहार देखाउने हो भने यौन हिंसा स्वतः कम भएर जान्छ ।

    यस्ता हिंसाहरुलाई कम गर्न एउटा व्यक्तिले मात्र पहल गरेर सम्भव अवश्य पनि हुँदैन । त्यसकारण विभिन्न सामाजिक संघसस्थाले पनि उल्लेखनीय कदम चाल्नु जरुरी छ । यौनलाई प्राकृतिक र सृष्टि संरचनाको एउटा कर्मका रुपमा लिनसक्ने वातावरण बनाउने हो र व्यक्तिलाई सामाजिक मूल्य–मान्यता र सदाचारी बनाउने शिक्षा पद्धतिको विकास गर्ने हो भने यस्ता हिंसा कम गर्न ठूलो सघाउ पुग्छ ।

    यस्ता पनि स्वास्थ्यकर्मी : छातीको एक्सरे बहानामा यौन दुर्व्यवहार

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!