रंगशालामा दर्शकमाथि लट्ठीको बर्सा- प्रहरीको कुटाइबाट पत्रकार घाइते

10 December, 2019 16:11 | खेल | comments | 14250 Views

फुटबल फाइनल र समापन समारोहको सबै टिकट विक्री भैसकेका कारण दर्शकहरु भिड गरिरहेका बखत प्रहरीले उनीहरुलाई हटाउने नाममा एक समर्थकमाथि लट्ठी बर्सायो भने एकजनालाई घेरा हालेर कुटेको थियो । कुटपिटको फोटो खिचेको भन्दै नागरिक दैनिकका पत्रकार सुमन चापागाईंलाई समेत प्रहरीले कुटेको छ ।

adsads

प्रहरीको कुटाइबाट पत्रकार चापागाईंको मुख र कानमा चोट लागेको छ। उहाँलाई रंगशालाभित्र लगेर कुटपिट गरिएको थियो । घाइते चापागाईंलाई राष्ट्रिय खेलकुद परिषद्को मेडिकलमा उपचार गर्न राखिएको छ ।

उता काठमाडौं प्रहरी प्रमुख एसएसपी उत्तमराज सुवेदीले भने बल प्रयोग नगरिएको दाबी गर्दै टिकट पाइएन भनेर आएकालाई हट्नुस् भन्दा हटेनन् । त्यसपछि ठेलठाल गरेर हटाइएको मात्र दावी गर्दै कुनै बल प्रयोग नगरिएको बताउनुभयो ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More