रकम नपाउने भन्दै चर्किएको घर भत्काउन सरकारको अपील अस्वीकार

16 May, 2015 13:22 | जन सरोकार , मध्यमाञ्चल | comments | 45450 Views

सरकारले चर्किएर बस्न नमिल्ने घर तत्काल भत्काउन सबैसँग अनुरोध गरेको छ । त्यसको लागि सम्बन्धित प्रमुख जिल्ला अधिकारीसँग समन्वयन गर्न गृह मन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद ढकालले आग्रह गर्नु भएको छ।

चर्किएका घर भत्काएपछि राहत रकम नपाउने भन्दै धेरैले घर भत्काउन अटेर गरेका छन् । तर सरकारले ति घरको लागत संकलन गरेर भत्काउने काम भैरहेको उहाँले जानकारी दिनुभयो ।

त्यसको लागि शहरी विकास मन्त्रालय, प्रमुख जिल्ला अधिकारी, नगरपालिका, वडामा सम्पर्क गर्न उहाँले आग्रह गर्नुभयो ।

  

कतिपयले क्षतिपूर्ति नदिएसम्म घर भत्काउन नदिने, सामान निकाल्नुपर्ने भन्दै अवरोध गरेपछि काम गर्न गार्हो भएको प्रवक्ता ढकालको बुझाई छ ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More