रगतरगत

  • रगत
  • रगत
  • रगत
  • रगत
  • रगत
  • रगत

रगत पाउनै मुश्किल : अस्पतालमा रगतको प्रतीक्षामा बस्ने बिरामी सङ्ख्या बढ्दै

14 July, 2019 21:00 |जल/वातावरण/स्वास्थ्य | comments | 11400 Views

    रगत

    बढ्दो गर्मी, खेतीपाती र विद्यार्थीको परीक्षाका कारण रक्तदान कार्यक्रमको आयोजना नहुँदा बिरामीका आफन्तले रगत पाउन मुस्किल भएको छ । अस्पतालमा बिरामी राखेर रक्तसञ्चार केन्द्रमा रगतको प्रतीक्षामा बस्नेको सङ्ख्या बढ्दै गएको छ ।

    adsads

    क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरका प्रमुख रमेशकान्त पौडेलका अनुसार आवश्यकमात्रामा रगत सङ्कलन नहुँदा समस्या उत्पन्न भएको हो । चिनजान भएका बिरामीका आफन्तले आफैँले दाता खोजेर रगत लिने गरेका छन् ।अति आवश्यक भएकालाई रगत पुर्याइएको पौडेलले जानकारी दिनुभयो । रगतको व्यवस्थापन गर्न नसक्दा अति आवश्यक बाहेकका शल्यक्रियाको समय सार्नुपर्ने अवस्थासमेत सिर्जना भएको पौडेलले बताउनुभयो ।

    केन्द्रमा दैनिक १५० युनिट रगतको माग हुने गरेको छ भने रक्तदान र केन्द्रमा नै रक्तदाता पुगेर दिने रगत ७५ युनिट मात्र हुने गरेको उहाँले जानकारी दिनुभयो । रगत अभावका कारण बिरामीका आफन्तले हैरानी व्यहोर्नु परेको छ ।

    देशकै केन्द्र भागमा रहेकाले यहाँ आउने दुर्घटनाका घाइते, भरतपुर अस्पतालमा हुने प्रसुतिको शल्यक्रिया, क्यान्सर अस्पतालमा हुने बिरामीको शल्यक्रियामा बढी रगत आवश्यक पर्दछ । यहाँका दुई मेडिकल कलेज, भरतपुर अस्पताल र निजी अस्पतालले पनि शल्यक्रिया र अन्य उपचारका क्रममा बिरामीलाई रगत चढाउने गर्दछन् ।

    जेठ महीनादेखि साउनसम्म रगतको चरम अभाव हुने गर्दछ । मानिसको खेर जाने रगतले जीवन बचाउन सकिने भएकाले रक्तदानमा सहभागी भई सहयोग पु¥याइदिन केन्द्रले आह्वान गरेको छ । नेपाल स्वयंसेवी रक्तदाता समाज, युथ फर ब्लड र दारिग्याङ लगायतका समूहले रक्तदाता खोजी सहयोग गर्दै आएका छन् । कार्यालयमा ५०० भन्दाबढी रक्तदाताको नाम र नम्बर राखिएको छ । अति आवश्यक हुँदा उनीहरुलाई पनि बोलाउने गरिएको पौडेलले बताउनुभयो ।

    केन्द्रले चितवन, धादिङ, नवलपुर, नवलपरासी, बारा, पर्सा, तनहुँ, लमजुङ, गोर्खालगायतका १२ जिल्लाबाट रगत सङ्कलन गर्दै आएको छ । यी जिल्लामा गर्मीका कारण रक्तदाताकोे अभाव भएपछि रगतको समस्या देखिएको हो । जिल्लामा रहेका अस्पतालमा उपचार गराउन आउने बिरामीको सङ्ख्या उच्च रहेकाले रगतको माग बढी रहेको छ ।

    रक्त समूह नै वर्ण व्यवथा– सबै रगत समान भए ‘ए’लाई ‘बी’ समूहको रगत किन दिइदैन ?

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
    रगत

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!