‘कालापानीबाट भारतीय सेना हटाऊ’‘कालापानीबाट भारतीय सेना हटाऊ’

  • ‘कालापानीबाट भारतीय सेना हटाऊ’
  • ‘कालापानीबाट भारतीय सेना हटाऊ’
  • ‘कालापानीबाट भारतीय सेना हटाऊ’
  • ‘कालापानीबाट भारतीय सेना हटाऊ’
  • ‘कालापानीबाट भारतीय सेना हटाऊ’
  • ‘कालापानीबाट भारतीय सेना हटाऊ’

रत्नपार्कका गुञ्जियो अतिक्रमित भूमि फिर्ता गराउने नारा

18 November, 2019 17:01 |राजनीति | comments | 6000 Views

    छोड, छोड साम्राज्यवाद हाम्रो भूमि छोड
    कलापानी छोड, लिम्पियाधुरा छोड

    तिम्रो जालझेलले हाम्रो सीमारेखा रेखा मेटिन्न
    तिम्रो गोला बारुतले हाम्रो जमीन छोपिन्न
    वीरहरुको रगतले सिञ्चिएको हाम्रो देश
    सार्वभौम, अटल रहि अडिएको हाम्रो देश
    छोड, छोड साम्राज्यवाद हाम्रो भूमि छोड…

    सीमा अतिक्रमणबारे प्रगतिशिल लेखक सङ्घले आयोजना गरेको विरोध कार्यक्रममा रत्नपार्कको शान्ति बाटिकामा रक्तिम सांस्कृतिक परिवारका कलाकारहरुले यही गीतमार्फत भारतले नेपालको भूमि लैजान नसक्ने उद्घोष गरे । नेपालको लिपुलेक, लिम्पियाधुरा रकलापानी क्षेत्रलाई हालै मात्र जारी गरेको नयाँ नक्सामा समावेश गरेपपछि भारतको चौतर्फी विरोध हुँदै आएको छ ।

    adsads

    कलाकारहरुले जुनसुकै मूल्य चुकाएर भए पनि जमीन फिर्ता गराएरै छाड्ने प्रण गरे । जनसांस्कृतिक महासङ्घका कलाकारहरुले पनि प्रस्तुती राखे । प्रगतिशिल लेखक सङ्घका साहित्यकारहरुले भारतप्रति तिखो व्यङ्ग्य प्रहार गर्दै कविता वाचन गरे । राष्ट्रियता र स्वाधिनताका पक्षधरहरुका साहित्य र गीतले रत्नपार्क क्षेत्र गुञ्जयमान बन्यो । बटुवा र स्थानीयले मनोरञ्जनबाट गरिएको विरोधलाई चाख दिएर नियाले । झण्डै ४० जना कविले कविता वाचन गरे । कला र साहित्यको मिश्रण भरेर गरिएको विरोधको कार्यक्रमले दर्शकको ध्यान खिच्यो ।

    प्रगतिशिल लेखक सङ्घका केन्द्रीय अध्यक्ष डा जीवेन्द्रदेव गिरीले साहित्य र कलाको माध्यमबाट गरिएको विरोधले जागरण पैदा गर्ने बताए । उनले कलार साहित्यका माध्यमबाट परिवर्तन गर्न सम्भव रहेको भन्दै राष्ट्रियता र स्वाधिनताको लडाइमा कला र साहित्यले अझै महत्वपूर्ण भूमिका निभाउने उल्लेख गरे । “भारतको हेपाह प्रवृतिलाई निरुत्साहित गरेर मुलुकलाई आत्मनिर्भरताको बाटोमा अघि बढाउनुपर्छ ।”, उनले भने, “अतिक्रमणमा परेको नेपाली भूमिलाई फिर्ता गराउन सबै एक जुट हुनुपर्ने बेला आएको छ ।”

    उनले राष्ट्रियतालाई बलियो बनाउन सबै दल र सबै पक्ष मिल्नुको विकल्प नभएको भन्दै राष्ट्रिय एकताका साथ भारतसँग वार्ता र सम्वाद गर्नुपर्ने औँल्याए । अतिक्रमित जग्गा फिर्ता नगरे भारतको विरुद्धमा सबै लेखक र कलाकारहरु मिलेर आन्दोलनमा जाने उनले चेतावनी दिए ।

    सीमाविद् हिरण्यलाल श्रेष्ठले सीमा सुरक्षाका लागि सरकार गम्भीर बन्नुपर्ने भन्दै राष्ट्रिय अखण्डता कायम गर्नका लागि कुनै कसुर बाँकी राख्न नहुने बताए । “नापी विभागले अतिक्रमित क्षेत्र समावेश गरेर नयाँ नक्शा प्रकाशित गरी अन्तर्राष्ट्रिय जगतसम्म पुर्‍याउनुपर्छ ।”, उनले भने, “अहिले यो मौका पनि हो, कुनै पनि तबरले समस्या सुल्झाउन पर्छ ।”

    प्रलेसका महासचिव समिर सिंहले भारतले स्वतन्त्र र स्वाधीन राष्ट्र नेपालको भूमिलाई अतिक्रमण गर्नुका साथै नेपालको राजनीतिक व्यवस्थामा समेत नाङ्गो हस्तक्षेप गर्दै आएको बताए । जनसांस्कृतिक महासङ्घका संयोजक खगेन्द्र राईले समस्या समाधानका लागि सरकारले उच्चस्तरबाट वार्ता र संवाद थालेकाले निकास निस्कनेमा आफू आशावादी रहेको उल्लेख गरे । रक्तिम सांस्कृतिक परिवारका मधु क्षेत्रीले भारतले गल्ती सच्चाउँदै तुरुन्त नक्शा परिवर्तन नगरे न्यायका लागि अन्तर्राष्ट्रिय अदालत जानुपर्नेमा जोड दिए ।

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
    ‘कालापानीबाट भारतीय सेना हटाऊ’

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    मुस्ताङमा नुन

    फेसबुक

    मुस्ताङमा नुन

    ट्वीटर

    सामाजिक सञ्जाल

    More