इमाम उल–हक इमाम उल–हक

  • इमाम उल–हक
  • इमाम उल–हक
  • इमाम उल–हक
  • इमाम उल–हक
  • इमाम उल–हक
  • इमाम उल–हक

रनरेटमा न्युजिल्याण्डभन्दा पछि परेपछि पाकिस्तानको सेमिफाइनल पुग्ने सपना अधुरै (हाइलाइट्स)

6 July, 2019 12:00 | खेल | comments | 13950 Views

बंगलादेश ९४ रनले पराजित

इमाम उल–हक

रनरेटमा न्युजिल्याण्डभन्दा पछि परेपछि पाकिस्तानको सेमिफाइनल पुग्ने सपना अधुरै भएको छ । आइसीसी एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत शुक्रबार भएको खेलमा बंगलादेशलाई ९४ रनले पराजित गरेपनि पाकिस्तान अन्तिम ४ मा पुग्ने असफल रह्यो ।

adsads

जितसँगै पाकिस्तान र न्युजिल्याण्डहो समान ११ अंक रहेपनि पाकिस्तानको रनरेट –०.४३ रह्यो भने न्यूजिल्याण्डको ०.१७५ भएपछि न्युजिल्याण्ड सेमिफाइनल पुग्दा पाकिस्तान भने समूह चरणबाटै बहिरिह्यो । लर्ड्समा टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै ३१५ रन बनाएको थियो । उसका लागि इमाम उल–हकले १०० रनको शतकीय पारी खेले भने बाबर अजम ९६ रन बनाए । त्यस्तै इमाद वासिमले ४३ रन जोड्दा मोहम्मद हफिजले २७ रन जोडे ।

बंगलादेशको लागि मुस्ताफिजुर रहमानले ५ विकेट लिए भने मोहम्मद सैफुद्धिनको भागमा ३ विकेट रह्यो । ३१६ रनको लक्ष्य लिएर मैदान उत्रेको बंगलादेश ४४.१ ओभरमा सबै विकेट गुमाउदै २२१ रनमा समेटियो । उसका लागि शकिव अल हसनले ६४ रन बनाए लिटन दासले ३२ रन जोडे । त्यस्तै महामुदूल्हा २९ रन बनाई आउट भए भने सौम्य सरकारले २२ रन जोड्नु बाहेक अन्य ब्याट्सम्यानको प्रदर्शन सम्झनलायक रहेन । पाकिस्तानको लागि शहिद शाह अफ्रिदीले ६ विकेट लिए भने शदाब खानको भागमा २ विकेट रह्यो । यस्तै वाहब रियाज र मोहम्मद अमिरको नाममा पनि समान १-१ रह्यो । खेलको म्यान अफ दि म्याच इमाम उल–हक भए ।

पाकिस्तान

प्रतियोगिता अन्तर्गत आज दुई खेल हुँदै छन् । पहिलो खेलमा भारत र श्रीलंका नेपाली समय अनुसार दिउँसो सवा तीन बजे लीड्समा खेल्दै छन् भने दोस्रो खेलमा सवा ६ बजे अष्ट्रेलिया र दक्षिण अफ्रिका म्यानचेस्टरमा आमने सामने हुनेछन् ।

हाइलाइट्स – साभार – आइसीसी :

पाकिस्तानको सेमिफाइनल पुग्ने आशा जिवितै : न्युजिल्याण्ड छ विकेटले पराजित (हाइलाइट्स)

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
इमाम उल–हक

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!