रबि लामिछानेको बिश्व कीर्तिमानी

14 April, 2013 02:00 | जन सरोकार | comments | 349050 Views

अनबरत ६० घण्टा कार्यक्रम प्रस्तुत

विश्वले चिन्नेछ नेपाल’ भन्ने नारा सहित विश्व रेकर्ड राख्न सञ्चालित टेलिभिजन टक शो ले ६० औं घन्टा पार गारी सकिएको छ  । अमेरिकामा रहदै आएका रवि लामिछानेले न्यूज 24 टेलिभिजनमा ६० घण्टा अनबरत रुपमा कार्यक्रम चलाएर गिनिज बुक अफ वर्ल्ड रेकर्डस राख्न सफल भएको छ ।बिहीबार बिहान साढे १० बजेदेखि जारी लङ्गेस्ट म्याराथन टेलिभिजन टक शो को अन्त्यमा चर्चित कलाकार हरिबंश आचार्य र मदनकृष्ण श्रेष्ठ सहित रबि लामिछाने ले बहस गरिरहेका थिए । भगवान बुद्द नेपालमा जन्मेका हुन् भनि मूल नारा बनाइएको सो कार्यक्रममा प्रचण्ड देखि भारतिय राजदुत जयन्तप्रसाद सम्मले आएर अन्तर्वार्ता दिनु भएको थियो ।

 

  

यसै बीच भारतीय राजदुत जयन्तले बुद्द नेपालमा जन्मिएका हुन् भन्नेमा कुनै संकानै नरहेको जनाउनु भएको छ । युक्रेनका पाभ्लो कुज्जेयभ र टेटियाना डन्यलेन्कोले च्यानल फाइभको स्टुडियोमा लगातार ५२ घण्टा अन्तर्वार्ता लिएर सन् २०११ मा बनाएको किर्तिमान रबि लामिछानेले तोड्न सफल हुनु भएको छ ।

उक्त कार्यक्रमका अघिल्ला कार्यक्रमहरु हेर्नको लागी क्लिक गर्नु होस :

 

 

 

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More