रवि लामिछानेको पक्षमा प्रदर्शन गर्ने पाँचजना पक्राउ

18 August, 2019 10:37 |जन सरोकार | comments | 13800 Views

    नुवाकोटका पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरणमा अनुसन्धान गर्न टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने समातिएपछि चितवनमा भएको प्रदर्शनका क्रममा शनिबार प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ ।

    उच्छृङ्खलता प्रदर्शन गरी प्रहरीमाथि ढुङ्गा हानेको आरोपमा पाँच जनालाई पक्राउ गरिएको चितवनका प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले जानकारी दिनुभयो ।

    adsads

    उनीहरुलाई कानूनअनुसार कारवाही हुने बताउँदै कोइरालाले प्रदर्शनले अनुसन्धानलाई कुनै फरक नपार्ने बताउनुभयो ।

    यसअघि शुक्रबार पनि चितवनमा प्रदर्शन भएको थियो । माउन्टेन टेलिभिजनका पत्रकार पुडासैनी यही साउन २० गते चितवनको नारायणगढस्थित होटल कङ्गारुको कोठाभित्र झुण्डिएको अवस्थामा मृत भेटिएका थिए ।

    घटना हुनुअघि उनले न्यूज २४ टेलिभिजनको ‘सिधा कुरा जनतासँग’ कार्यक्रमका सञ्चालन रवि लामिछाने, सोही कार्यक्रममा कार्यरत युवराज कँडेल र ओखल्ढुङ्गाकी रुकु भन्ने अस्मिता कार्कीको नाम लिएर आफूलाई यो अवस्थामा पु¥याउन बाध्य बनाएको भन्दै रेकर्ड गरिएको भिडियो सार्वजनिक भएको थियो ।

    उक्त भिडियोका आधारमा प्रहरीले अनुसन्धानका लागि उनीहरुलाई बिहीबार काठमाडौँबाट पक्राउ गरी चितवन लगेको थियो । उनीहरुलाई प्रहरीले शुक्रबार चितवन जिल्ला अदालतमा पेश गरेकामा अदालतले अनुसन्धानका लागि पाँच दिनको म्याद दिएको छ ।

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    गौतम बुद्ध विमानस्थल

    फेसबुक

    गौतम बुद्ध विमानस्थल

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!