शालिकरामले न्याय पाउनुपर्छ भन्दै उत्रिए युवाहरु सडकमा
चितवनमा अहिले दुई खालको प्रदर्शन भैरहेको छ । एउटा प्रदर्शन प्रहरी हिरासतमा रहेका पत्रकार रवी लामिछानेमाथि षड्यन्त्र भएको भन्दै उनको रिहाईको माग गर्दै भएको प्रदर्शन र अर्को मृतक शालिकराम पुडासैनीले न्याय पाउनुपर्छ भन्नेहरुको प्रदर्शन ।
प्रहरीले लामिछाने, पत्रकार युवराज कँडेल र नर्स अस्मिता कार्कीलाई पक्रेको छ । उनीहरुमाथि पुडासैनीको आत्महत्यामा दुरुत्साहन गरेको अभियोग छ ।
गत साउनमा चितवनको एक होटलमा मृत भेटिएका पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा अनुसन्धानन गर्न रवी लामिछानेसहित तीनजनालाई हिरासतमा लिइइएपछि रवीका समर्थकहरुले प्रहरीविरुद्ध प्रदर्शन गरेपछि चितवनका युवाहरुले अनुसन्धान प्रभावित नगर्न आग्रह गर्दै प्रदर्शन गरेका हुन् ।
‘स्वतन्त्र युवा समूह’ले शालिकरामको आत्महत्याको निष्पक्ष छानविन गर्न माग गर्दै शनिबार चौबिसकोठीमा प्रदर्शन गरे । उनीहरुले ‘निष्पक्ष छानविन गर्न देऊ’, ‘अपराधलाई राजनीतिकरण नगरौं’, ‘पुडासैनीले न्याय पाउनैपर्छ’ ‘दोषीलाई कारबाही होस्’, ‘एनजीओको हस्तक्षेप बन्द गर’ लगाएतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।
यसअघि लामिछानेका समर्थकहरुले गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गर्दा दुवै पक्षबीच झडप भएको थियो । झडपमा पाँच जना प्रहरी घाइते छन् । स्थिति नियन्त्रणमा लिन प्रहरीले १० राउण्ड अश्रुग्याँस प्रहार गरेको थियो ।
रवी लामिछानेको पक्षमा चितवनमा उर्लियो मानव सागर (भिडियोसहित)
तपाईंको प्रतिकृया
ताजा समाचार
- न्यूज २४ टेलिभिजनका सुनसरी ब्यूरो प्रमुख काफ्लेमाथि कुटपिट
- अघिल्लो वर्षको तुलनामा यस वर्ष आर्थिक वृद्धिदर खुम्चिने
- ५० लाख रुपैयाँ फिरौती नदिएपछि बम विस्फोट गराउने चारजना पक्राउ
- एजेण्डामा सहमति नभएपछि पौडेलपक्षको बहिष्कारकाबीच कांग्रेस बैठक
- सभामुख चयनमा तीनधार : उपसभामुख शिवमायाप्रति राष्ट्रपतिको चासो
- आइतबार सुरज मल्लको अन्त्येष्टि- उपस्थितिका लागि आव्हान
- राष्ट्रियसभाको निर्वाचन आगामी माघ ९
- ‘नेपालको समृद्धिको यात्रामा सघाउन भारत सदैव तत्पर’
- ओशाका मेट्रो स्टेशनमा अनुहार पहिचानसहितको टिकट ढोका
- तीनहजार पाँचसय नौ मिटरको उचाईमा प्रेमगीत-३ को छायांकन (तस्वीरहरुसहित)
- साग सकियो- विदेशी खेलाडीको स्मृतिमा अझै छ पोखरा
- अशक्त ध्यानबहादुरको सहारा बनेको छ लोपोन्मुख पानी घट्ट
- कहिलेसम्म नेतृत्व खोजेर बसिरहने नेविसङ्घ ?
- पिपिएल- कसको भीडन्त कोसंग हुँदैछ ?
- आज उधौली, धान्य पूर्णिमा र योमरी पूर्णिमा धुमधामसंग मनाइँदै
- आजको राशिफल– २०७६ मंसिर २६ गते बिहिबार
- गोकर्णेश्वरको पर्यटकीय क्षेत्रको प्रचारप्रसार साहित्यमार्फत
- बैंक ह्याकमा सक्रिय विदेशी गिरोहलाई नेपाली एजेन्टको सहारा
- स्वर्ण पदक जित्ने खेलाडीलाई नौलाख रुपैयाँ दिने प्रधानमन्त्रीको घोषणा
- सागमा सेनाका खेलाडीको योगदान : २३ स्वर्णसहित १०३ पदक
फेसबुक
ट्वीटर
Tweets by @mynepaljapan
सामाजिक सञ्जाल
ठाकुर गैरे
विश्वप्रकाश शर्मा
@PM_Nepal को ध्यान जाओस्
कमल थापा
बाबुराम भट्टराई


