रवीको पक्षमा लागेको नारा गैरसंवैधानिक भन्दै नियन्त्रण गर्न सत्तारुढ सांसदको माग

20 August, 2019 17:19 | राजनीति | comments | 31950 Views

चितवनको कंगारु होटलमा झुण्डिएको अवस्थामा भेटिएका पत्रकार शालिकराम पुडासैनीलाई आत्महत्या गर्न बाध्य पारेको अभियोगमा पक्राउ परेका चर्चित टेलिभिजन कार्यक्रम सिधा कुरा जनतासंगका प्रस्तोता रवि लामिछाने पक्राउ परेपछि चितवनमा लागेको नारा नियन्त्रण गर्न सत्तारुढ दलका सांसदले माग गरेका छन् ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा पत्रकार शालिकाराम पुडासैनी आत्महत्याको विषयमा अनुसन्धानका लागि लामिछाने पक्राउ परेपछि चितवनका सडकमा भइरहेका गतिविधिले अनुसन्धान प्रभावित पार्न सक्ने भन्दै सांसद शान्ता चौधरीले अनुसन्धान प्रक्रिया चलिरहेका बेला त्यसलाई प्रभावित पार्न खोज्ने गतिविधि भइरहेको आरोप लगाउनुभयो ।

ads ads

शालिकराम मृत्यु प्रकरण र रवी : न देवत्वकरण न राक्षसीकरण अदालत कुरौं

उहाँले भन्नुभयो को दोषी को निर्दोष भन्ने सवाल चलिरहेको बेला अनुसन्धान प्रभावित बनाउन खोज्ने प्रवृत्ति सही मान्न सकिदैन यस्तो बेलामा सबै राजनीतिक दल एक ठाउँमा उभिनुपर्छ । तथ्य रुपमा टेकेर सत्य पत्ता लागोस् दोषीले उन्मुक्ति नपाओस् ।

त्यस्तै नेकपाका अर्का सांसद हितबहादुर तामाङले चितवनको सडकमा गैरसंवैधानिक खालको नारा लागिरहेको भन्दै त्यसलाई सरकारले तत्काल नियन्त्रण गर्नुपर्ने माग गर्नुभयो । उहाँले भन्नुभयो अहिले चितवनका सडकमा प्रदर्शनका क्रममा गैरसंवैधानिक खालको नारा लाग्न थालेको पनि सुन्न आएको छ । त्यसलाई तुरुन्त नियन्त्रण गर्न नेपाल सरकार लागि परोस् ।

पत्रकार शालिकराम पुडासैनीको आत्महत्यापछि प्रहरीले आत्महत्यालाई दुरुत्साहन अभियोगमा टेलिभिजन प्रस्तोता रवि लामिछाने, युवराज कँडेल र नर्स अस्मिता कार्कीलाई पक्राउ गरेको छ । तर, लामिछाने पक्राउको बिरोधमा चितवनको सडकमा दैनिकजसो नाराबाजी भइरहेको छ ।

रवीन्द्र मिश्रले दिए यस्तो प्रतिक्रिया- ‘सबै निर्दोष सावित हुन्’

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More