रवीन्द्र मिश्रले दिए यस्तो प्रतिक्रिया- ‘सबै निर्दोष सावित हुन्’

18 August, 2019 19:13 |राजनीति | comments | 35700 Views

    केही समयअघि काठमाडौंको बौद्धमा रहेको समता अस्पतालमा भएको एक मृत्यु प्रकरणमा सो अस्पतालका संचालक उत्तम संजेलकी श्रीमती कला संजेलमाथि आरोप लगाउँदै हिरासतमा लिइयो र अन्ततः उनी निर्दोष सावित भएर बाहिरिन । पाँच महिनाकी गर्भवती सञ्जेल प्रकरणपछि अहिले रवी लामिछाने त्यस्तै प्रकृतिको मृत्युमा मतियारका रुपमा किटिएका छन् र चितवनमा हिरासतमा छन् ।

    adsads

    यो विषयले देश तातेको छ । चितवनको स्थिति दिनप्रतिदिन उग्र बन्दैछ, रवीको पक्ष र विपक्षमा सडकमा नारा लाग्न थालेको छ र दुई पक्षबीच झडपको स्थिति देखिएको छ । दुबै पक्ष संयमित नभए जुनसुकै बेला अप्रिय स्थिति उत्पन्न हुने खतरा बढिरहेको छ ।

    यस्ता स्थिति किन आयो ? प्रश्नको सहज उत्तर छ मृतको कथित भिडियो वा मृतकका आफन्तले फलानालाई पोलेको हुँदा अनुसन्धान उसैतिर सोझियो । कला संजेलको हकमा त्यही भयो र रवी लामिछानेको हकमा पनि ।

    यस विषयमा पूर्व पत्रकार तथा साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले टिप्पणी गर्दै लेखेका छन्- “देशमा ५० हजारभन्दा बढी न्यून आयका विद्यार्थीलाई रू १०० मा पढाएर एसइईमा राम्रो नतिजा लेराउने समता स्कूलका संस्थापक उत्तम सञ्जेलकी श्रीमती कला सञ्जेल र दिनदुखीका आवाज बोलेर अनि तिनलाई सहयोग गरेर सम्मान कमाएका रवी लामिछानेले लगभग एउटै प्रकृतिको आरोप खेपिरहेका छन्। उनीहरूसँगै अन्य चारजना पनि आरोपित छन् ।”

    “कानूनको परिपालना गर्ने क्रममा ५ महिनाकी गर्भवती कला सञ्जेल र अन्य दुईजना कयौँ दिन हिरासत र जेलमा विताउन वाध्य भए । त्यसैगरी लामिछाने र अन्य दुईजना हिरासतमा समय विताउन वाध्य भएका छन्। उनीहरू सबैले आफू निर्दोष भएको र दोषी भए कानून बमोजिम कारवाहीका लागि तयार भएको बताएका छन्, छानविनमा सघाइरेहका छन् ।”

    “उनीहरूका नाम किटान गर्दै वितेर गएका दुबैको आत्माले चीर शान्ति पाओस् र परिवारले धैर्य धारण गर्ने शक्ति । तात्कालिक कारण जेसुकै भए पनि चरम ‘डिप्रेशन’ पनि आत्महत्याको एउटा प्रमुख कारण हो। तसर्थ डिप्रेसनलाई अरूजस्तै एउटा विमारीका रूपमा लिन, त्यसका बारे चर्चा गर्न र डाक्टरको सल्लाहमा ‌औषधी उपचार गर्न प्रेरित गरौँ ।”

    “हाललाई हृदयदेखिको कामना यत्ति छ कि रवी लामिछाने र अन्य दुईजना तथा कला सञ्जेल र अन्य दुईजना सबै निर्दोष सावित हुन् ।”

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    पुष्पकमल दाहाल

    फेसबुक

    पुष्पकमल दाहाल

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!