रवी लामिछानेलाई थप पाँचदिन हिरासतमा राख्न अदालतको अनुमति

20 August, 2019 21:32 |जन सरोकार | comments | 22200 Views

    पत्रकार रवी लामिछाने थप पाँच दिन हिरासतमा बस्नुपर्ने भएको छ । शालिकराम पुडासैनीलाई आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा पक्राउ परेका लामिछानेसहित युवराज कँडेल र अस्मिता कार्कीलाई थप ५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

    adsads

    जिल्ला अदालत चितवनका जिल्ला न्यायधीश गायत्रीप्रसाद रेग्मीको एकल इजलासले लामिछानेसहित तीनै जनालाई हिरासतमा राखेर अनुसन्धान गर्न आदेश दिएको हो । यसअघि साउन ३१ गते पनि उनीहरुलाई ५ दिन म्याद दिएर अनुसन्धान गर्न अनुमति दिएको थियो ।

    लामिछाने, कँडेल र अस्मिता कार्कीबिरुद्ध शालिकरामकी श्रीमतीको किटानी जाहेरी

    अदालतले लामिछानेसहित पत्रकार युवराज कँडेल र अस्मिता कार्कीसँग सोमबार र मंगलबार गरी दुई दिन बयान लिएसँगै थप अनुसन्धान गर्नुपर्ने भन्दै म्याद थप गरेको हो ।

    न्यूज २४ टेलिभिजनको सिधा कुरा जनतासंग कार्यक्रमका प्रस्तोता रवीको मानसिक यातनाकै कारण सोही कार्यक्रमका पूर्व सहकर्मी शालिकरामले आत्महत्या गर्न बाध्य भएको भन्दै भिडियो सन्देश बाहिरिएपछि अनुसन्धान त्यतैतिर केन्द्रित छ ।

    यी सामग्री पनि पढ्नुहोस्

    शालिकरामले न्याय पाउनुपर्छ भन्दै उत्रिए युवाहरु सडकमा

    शालिकराम मृत्यु प्रकरण र रवी : न देवत्वकरण न राक्षसीकरण- अदालत कुरौं

    शालिकरामको पोस्टमार्टम रिपोर्ट आयो थप तथ्य फेला परेको प्रहरीको भनाई

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!