रहेनन् चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराई

16 December, 2019 11:19 | कला/मनोरन्जन , कलिउड | comments | 23100 Views

चलचित्र निर्माता, अभिनेता तथा चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईको निधन भएको छ । आइतबार राति १० बजेर २० मिनेटमा उहाँको निधन भएको हो ।

५१ वर्षीया भट्टराईको स्वास्थ्यमा एक्कासि समस्या देखिएपछि भट्टराईलाई उपचारका लागि ओम अस्पतालतर्फ लगिँदै थियो । तर अस्पताल नपुर्याउँदै उनको निधन भएको र निधनको कारण भने खुलेको छैन ।

  

करिब एक वर्ष अगाडि चलचित्र विकास बोर्डको अध्यक्ष पदमा नियुक्त भट्टराईले केही राम्रा कामको सुरुवात समेत गर्नुभएको थियो । तीसको दशकभन्दा लामो समयदेखि चलचित्र क्षेत्रमा सक्रिय भट्टराईले बनाएका चलचित्रमा ‘आफ्नो मान्छे, पाहुना, कर्मयोद्धा, देवरबाबु, छोडी गए पाप लाग्ला, सो सिम्पल’लगायत छन् ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More