राजकुमार ह्यारी दम्पतिको निर्णयबारे राजपरिवारमा सामूहिक छलफल
बेलायती राजकुमार ह्यारी दम्पतिको निर्णयका बारेमा सोमबार बेलायती राजपरिवारमा सामूहिक छलफल भएको छ । महारानी एलिजावेथसहित राजपरिवारका वरिष्ठ सदस्यहरु र राजकुमार ह्यारी समेतका बीचमा छलफल भएको राजपरिवार श्रोतले जनाएको छ ।
राजकुमार ह्यारी र उहाँकी पत्नी मेगनले राजपरिवारको जिम्मेवारी त्यागेर आर्थिक रुपमा आत्मनिर्भर हुन आफ्नै तरिकाले काम गर्ने घोषणा गरेको विषयमै छलफल केन्द्रित भएको थियो ।


बैठकमा सहभागीहरुले राजपरिवारको जिम्मेवारी त्याग्ने घोषणा फिर्ता लिएर पुनः पहिलेकै अवस्थामा फर्किन आग्रह गरेका थिए ।
ह्यारीका पिता तथा युवराज चाल्स र उहाँका भाई विलियमलगायतले पनि ह्यारी दम्पतिलाई राजपरिवारको जिम्मेवारीमा फर्किन आग्रह गर्नुभएको बेलायती सञ्चार माध्यमहरुले जनाएका छन् ।
ओमनका सुल्तान काबोसलाई श्रद्धाञ्जली दिन ओमन पुग्नु भएका युवराज चाल्स उताबाट फर्किएर बैठकमा सहभागी हुनुभएको हो ।
मेगन पनि बैठकमा सहभागी हुने अपेक्षा गरिएको थियो । उहाँलाई क्यानाडाबाटै बैठकमा सहभागीताका लागि आउन आग्रह गरिएको थियो । व्यक्तिगत जीवनका लागि उनीहरुले फेरी ‘अर्को कदम’ चाल्न सक्ने आशंका गरिएको छ ।
महारानीले समाधान खोज्दै गर्दा ह्यारी पत्नी मेगन भने केही दिन अगाडी नै क्यानडा जानु भएको थियो । ह्यारी र मेगन क्रिसमसको बिदा मनाउन छोरा आर्चीलाई लिएर क्यानाडा गएर फर्किएपछि अप्रत्याशित रूपमा एउटा विज्ञप्ति प्रकाशित गर्दै उहाँहरुले त्यस्तो घोषणा गर्नु भएको थियो ।
ह्यारी र मेगनको घोषणाका कारण राजपरिवारमा खैलाबैला मच्चिएको छ । दरवार श्रोतका अनुसार यस्तो घोषणा गर्नुअघि राजकुमार ह्यारी र मेगनले राजपरिवारका कुनै सदस्यसँग परामर्श गर्नु भएको थिएन ।
राजपरिवारको विशेष जिम्मेवारी त्याग्ने ह्यारी दम्पतिको घोषणापछि विभिन्न चरणमा भएका बैठक र परामर्श पछि सोमवारको छलफल भएको हो ।
राजकीय भूमिकाबाट अलग रहेर आत्मनिर्भर हुन काम गर्ने ह्यारी र मेगनको घोषणा
तपाईंको प्रतिकृया
ताजा समाचार
- नेपाली तेलमा भारतको प्रतिबन्धका कारण ९० प्रतिशत उद्योग धराशायी
- कम्युनिष्टबाट जनताको विश्वासमाथि घात गर्ने काम भयो
- देशकै अब्बल बन्ने बाटोमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान
- लिच्छवीकालीन कमलपोखरीमा ‘सिमेन्ट र कङ्क्रिटको कमल’ !
- जापान भ्रमण गर्दै हुनुहुन्छ- पालना गर्नुपर्नेछ यस्ता नियम
- आठ बजेपछि बन्द गरिने रेष्टुरेन्ट तथा बारलाई दैनिक पाँच सय ८० डलर सहायता
- न्यायाधीहरुले प्रधानमन्त्री भेटेको समाचारप्रति सर्वोच्चको खेद
- निर्वाचनले मात्र समस्याको समाधान हुँदैन : पूर्वप्रधानमन्त्री डा. भट्टराई
- वुहान पुगेपछि डब्ल्यूएचओका विशेषज्ञ टोली क्वारेन्टिनमा
- शनिबारको प्रदर्शनमा सहभागी हुन कांग्रेस सभापति देउवाको आग्रह
- जापानमा कोरोना संक्रमणको एक वर्ष- एकजनाबाट तीन लाखभन्दा बढी
- ‘नागरिक एप्स’को प्रयोगबाट सुशासन वृद्धि हुने प्रम ओलीको विश्वास
- प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा संवैधानिक इजलासमै हुने आदेश
- भेन्टिलेटर स्थापना गरियो तर दक्ष जनशक्तिको अभावमा संचालन हुन सकेन
- संविधानको व्याख्या संवैधानिक इजलासले गर्ने कानूनी व्यवस्था भएको जिकिर
- नवनिर्वाचित राष्ट्रपति बाइडेनद्वारा १९ खर्ब डलरको आर्थिक सहायता योजना सार्वजनिक
- विकास आयोजनाका ठेकेदार मजदूरलाई घाटाको भागीदार बनाएर पारिश्रमिक दिंदैनन्
- राष्ट्रिय भूकम्प सुरक्षा दिवसः घटाऔँ भूकम्पको खतरा जागरुक भई
- नेपाल र भारतका परराष्ट्रमन्त्रीबीच भेटवार्ता- संयुक्त आयोगको बैठक बस्दै
- मार्चसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५० लाख पुग्ने चिनीयाँ विशेषज्ञको चेतावनी
फेसबुक
ट्वीटर
Tweets by @mynepaljapan
सामाजिक सञ्जाल
ठाकुर गैरे
विश्वप्रकाश शर्मा
@PM_Nepal को ध्यान जाओस्
कमल थापा
बाबुराम भट्टराई


