राजतन्त्रको माग गर्नु आपराधिक काम हो : प्रम ओली राजतन्त्रको माग गर्नु आपराधिक काम हो : प्रम ओली

  • राजतन्त्रको माग गर्नु आपराधिक काम हो : प्रम ओली
  • राजतन्त्रको माग गर्नु आपराधिक काम हो : प्रम ओली
  • राजतन्त्रको माग गर्नु आपराधिक काम हो : प्रम ओली
  • राजतन्त्रको माग गर्नु आपराधिक काम हो : प्रम ओली
  • राजतन्त्रको माग गर्नु आपराधिक काम हो : प्रम ओली

राजतन्त्रको माग गर्नु आपराधिक काम हो : प्रम ओली

6 May, 2019 19:49 | राजनीति | comments | 33000 Views

राजतन्त्रको माग गर्नु आपराधिक काम हो : प्रम ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र दिवस घरघर र परिवार परिवारमा मनाउनुपर्ने बताउनुभएको छ । गृह मन्त्रालयमा आज गणतन्त्र दिवस मूल समारोह समितिको कार्यक्रममा प्रधानमन्त्री ओलीले सरकारले गणतन्त्र दिवस मनाउने जनताले हेर्ने मात्रै नभई जनताको सहभागितामै मनाइनुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो, “यो दिन परिवारभित्रै पनि उत्सवका रुपमा मनाउनुपर्छ । केही नभए घरका बच्चालाई यो दिवसको अवसर पारेर चकलेट वितरण गर्नुहोस्, किनकि आजको त्यो चक्लेट खाने बच्चा भोलिको राष्ट्रपति हुन सक्छ ।”

  

प्रधानमन्त्री ओलीले गणतन्त्र जनताले लडेर ल्याएको बताउँदै यो दिनलाई जनताले साझा चाडका रुपमा उत्साहसाथ मनाउनुपर्नेमा जोड दिनुभयो । केही तत्वले राजतन्त्र पुनःस्थापनाको माग गरिरहेको तर त्यो स्वीकार्य नभएको उहाँले स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, ‘‘यो जनतामाथिको हमला हो, जनतामाथिको अपमान हो । यो आपराधिक कार्य र देशद्रोही कुरा हो ।”

जनता चुप लाग्दा प्रतिगामी तत्व सल्बलाउन थालेका छन् भन्दै जनता सचेत हुनुपर्ने अवस्था आएको प्रधानमन्त्रीको भनाइ थियो । राजतन्त्रमा हुने जन्मसिद्धश्रेष्ठता पाखण्डी सिद्धान्त भएको प्रधानमन्त्रीको टिप्पणी थियो । उहाँले भन्नुभयो, “गणतन्त्र भनेको लोकतन्त्रको वास्तविक रुप हो, प्रतिस्पर्धी प्रणाली हो ।”

‘राष्ट्रपतिको भनाइ सही’

प्रधानमन्त्री ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीले सदनमा शुक्रबार सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दा ‘मेरो सरकार’ भन्नु अन्तरराष्ट्रिय प्रचलनअनुरुप भएको टिप्पणी गर्नुभएको छ ।

छिमेकी मुलुक भारतसहित संसारका धेरै देशमा राष्ट्रपतिले सरकारका नीति तथा कार्यक्रम प्रस्तुत गर्दा ‘मेरो सरकार’ भन्ने गरेको दृष्टान्त प्रस्तुत गर्दै प्रधानममन्त्रीले नेपालमा पनि सोहीअनुरुप राष्ट्रपतिले भन्नु जायज रहेको बताउनुभयो । उहाँले भन्नुभयो,“मेरो देश, मेरो भाषा भनेजस्तै मेरो सरकार भनिएको हो, यसलाई मेरो नीति भनिएको भनेर व्याख्या गर्न भएन ।”

प्रधानमन्त्रीले जन्मसिद्ध श्रेष्ठताका आधारमा चयन भएको राजतन्त्रमा ‘मेरो सरकार’ भन्नुचाहिँ उपयुक्त हुने तर जनप्रतिनिधिका रुपमा रहेको राष्ट्रपतिले भन्नु अनुपयुक्त हुने भनी गरिएका टिप्पणी नै गलत भएको ठहर गर्नुभयो ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
राजतन्त्रको माग गर्नु आपराधिक काम हो : प्रम ओली

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More