प्रदेश ३ प्रदेश ३

  • प्रदेश ३
  • प्रदेश ३
  • प्रदेश ३
  • प्रदेश ३
  • प्रदेश ३
  • प्रदेश ३

राजधानीको माग गर्दै संसद् अवरुद्ध

14 May, 2019 11:30 | प्रदेश , प्रदेश ३ | comments | 21750 Views

प्रदेश ३

प्रदेश नं ३ को चौथो वर्षे अधिवेशनको पहिलो बैठक प्रतिपक्षी दलले अवरुद्ध गरेको छ । सोमबार वर्षे अधिवेशनको पहिलो बैठकमा हिउँदे अधिवेशनमा नै टुङ्गिनुपर्ने राजधानीको विषयमा टुङ्गो नलागेका कारण संसद् अवरुद्ध गरेको हो ।

adsads

बैठकको शुरुआतमा आफ्नो धारणा राख्ने क्रममा सत्तापक्षका उपनेता तथा आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्कट्टेलले राजधानी तोक्न अब ढिला गर्न नहुने भन्दै यो राजनीतिक विषय भएको बताउनुभयो ।

उहाँले प्रदेशको राजधानीले ठूलो प्रभाव पार्ने भन्दै यसलाई सहमतिमा नै टुङ्ग्याइने बताउनुभयो । मन्त्री जम्कट्टेलले नयाँ व्यवस्थासँंगै नयाँ कानूनको अभावले जनताले चाहे अनुरुप कार्य नभएको र कानूनहरु बनिसकेको र बन्ने क्रममा रहेकाले जनताले चाहेको समृद्धि ल्याइने धारणा राख्नुभयो ।

अधिवेशनलाई शुभकामना दिने क्रममा प्रतिपक्षी दलका नेता इन्द्र बानियाँले सरकारले हिउँदे अधिवेशनमा नै राजधानीको विषय टुङ्ग्याउने बचन दिए पनि व्यवहारमा लागू नगरिएको भन्दै आक्रोश व्यक्त गर्नुभयो । सांसदहरु सुरेन्द्रराज गोसाई, रीता माझी, रीना गुरुङ र प्रेमबहादुर लामाले सरकारले प्रतिबद्धतामा इमान्दारिता नदेखाएकाले अबका दिनमा त्यसो नगर्न सुझाउनुभएको थियो । बैठक पश्चात पत्रकारको प्रश्नको जवाफ दिँदै प्रतिपक्षी दलका नेता बानियाँले अब प्रदेशको राजधानीको विषय प्रवेश नगराएसम्म संसद् अवरुद्ध गरिने बताउनुभयो । सत्ता पक्षका उपनेता शालिकराम जम्कट्टेलले संसद् अवरुद्ध गरेर समस्याको हल नहुने र यसले द्वन्द्वमात्र निम्त्याउने बताउनुभयो ।

हेटौँडालाई नै प्रदेश नं ३ को स्थायी राजधानी गर्न माग

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
प्रदेश ३

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!