राजधानीमा चौथो थाई शैक्षिक मेला शुरुराजधानीमा चौथो थाई शैक्षिक मेला शुरु

  • राजधानीमा चौथो थाई शैक्षिक मेला शुरु
  • राजधानीमा चौथो थाई शैक्षिक मेला शुरु
  • राजधानीमा चौथो थाई शैक्षिक मेला शुरु
  • राजधानीमा चौथो थाई शैक्षिक मेला शुरु
  • राजधानीमा चौथो थाई शैक्षिक मेला शुरु
  • राजधानीमा चौथो थाई शैक्षिक मेला शुरु

राजधानीमा चौथो थाई शैक्षिक मेला शुरु

17 August, 2019 18:10 |जन सरोकार | comments | 11700 Views

    राजधानीमा चौथो थाई शैक्षिक मेला शुरु

    नेपाल र थाइल्याण्डबीच कूटनीतिक सम्बन्ध स्थापनाको ६०औँ वार्षिकोत्सवको सन्दर्भ पारेर राजधानीमा चौथो थाई शैक्षिक मेला प्रारम्भ भएको छ । गुणस्तरीय शिक्षाका निम्ति दक्षिण पूर्वी एशियामा ख्याति कमाएका थाइल्याण्डका आठवटा विश्वविद्यालयले भाग लिएको एक दिवसीय शैक्षिक मेलाको परराष्ट्रसचिव शङ्करदास वैरागी र नेपालका लागि थाइल्याण्डका राजदूत भाकभत तान्सकुलले संयुक्तरुपमा उद्घाटन गर्नुभयो ।

    adsads

    त्यस अवसरमा सचिव वैरागीले नेपाल र थाइल्याण्डबीचको कूटनीतिक सम्बन्ध छ दशक पुरानो भए पनि बौद्ध शिक्षाका माध्यमबाट दुई देशका नागरिक सयौँवर्षअघिदेखि एकापसमा अति निकट रहेका बताउनुभयो । उच्च शिक्षा हासिल गर्न थाइल्याण्ड गएका केही नेपाली विद्यार्थी त्यहाँ ठगिएको हालैको एउटा घटनातर्फ लक्ष्यित गर्दै उहाँले सही सूचनाको अभाव एवं शैक्षिक प्रतिष्ठानको आधिकारिकता र गुणस्तरको गहन विश्लेषणबिना विद्यार्थी भर्ना हुँदा त्यस्तो समस्या उत्पन्न भएको आशङ्का गर्नुभयो ।

    राजदूत तान्सकुलले थाइल्याण्ड र नेपालबीचको सम्बन्धलाई धर्म, संस्कृतिका साथै आर्थिक एवं पर्यटकीय विषयले मजबुत बनाएको चर्चा गदै दुई देशका जनतालाई नजिक ल्याउने अर्को माध्यम शिक्षा हो भन्नुभयो । उहाँले थाइल्याण्डमा खाना, आवास र यातायातजस्ता आधारभूत आवश्यकता अधिक महङ्गा नभएकाले उच्च शिक्षा हासिल गर्न चाहने नेपाली विद्यार्थीका लागि आफ्नो देश आकर्षक गन्तव्य बन्नसक्ने बताउनुभयो ।

    राजधानीमा चौथो थाई शैक्षिक मेला शुरु

    मेलामा सहभागी विश्वविद्यालयका प्रतिनिधिले केही नेपाली विद्यार्थीलाई पूर्ण र केहीलाई आंशिक छात्रवृत्ति प्रदान गर्ने घोषणा गरेका थिए । हाल थाइल्याण्डमा करीब पाँचसय नेपाली विद्यार्थी उच्च शिक्षा हासिल गरिरहेका बताइएको छ ।

    ;सामुदायिक र निजी शिक्षालय मिलेर विदेशिनुपर्ने अवस्था अन्त्य गर्नुपर्छ’

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
    राजधानीमा चौथो थाई शैक्षिक मेला शुरु

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    नेपाल ओलम्पिक कमिटीको अध्यक्षमा श्रेष्ठ निर्वाचित

    फेसबुक

    नेपाल ओलम्पिक कमिटीको अध्यक्षमा श्रेष्ठ निर्वाचित

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!