राजनारायण पाठकबिरुद्ध ७८ लाख विगोसहितको मुद्दा दायर

26 March, 2019 22:00 | जन सरोकार | comments | 8550 Views

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल इन्जिनियरिङ कलेजको विवाद चाँगुनारायिणको विवाद मिलाइदिन्छु भन्दै ७८ लाख रुपैयाँ घूस लिएका आयोगकै पूर्व आयुक्त राजनारायण पाठकबिरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।

अख्तियारका प्रवक्ता प्रदीप कोइरालाले आयोगले पाठकविरुद्ध ७८ लाख विगो दावीसहित विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको बताउनुभएको छ ।

adsads

पाठकले अख्तियारको आयुक्त हुँदा विचाराधीन भक्तपुरको चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेजको विवाद मिलाइदिन्छु भनी अध्यक्ष लम्बोदर न्यौपानेसँग ७८ लाख रुपैयाँ घुस लिएको पुष्टि भएकाले उनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको अख्तियारले जनाएको छ ।

अख्तियारले न्यौपानेले पाठकलाई ७८ लाख रुपैयाँ घुस दिएको कुरा आयोगलाई प्राप्त श्रव्य दृश्य सामग्रीहरुबाट समेत पुष्टि भएको बताएको छ ।

अख्तियारले यही घुस प्रकरणमा जोडिएका राजनारायण पाठकका भाइ शुभनारायण पाठकले लिएको १५ लाख रुपैयाँ नेपाल इन्जिनियरिङ कलेजसंग सम्बन्धित नरहेकोले त्यस विषयमा छुट्टै अनुसन्धान गर्ने निर्णय गरेको जनाएको छ ।

७८ लाख रुपैयाँ घुस लिएका पाठकमाथि अख्तियारले सुरु गर्यो अनुसन्धान

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!