राजनारायण पाठकलाई ७८ लाख धरौटीमा छाड्ने आदेश

15 May, 2019 22:06 | जन सरोकार | comments | 8550 Views

भ्रष्टाचार निवारण गर्ने निकायमा बसेर ७८ लाख रुपैयाँ घुस खाएको आरोप लागेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालिन आयुक्त राजनारायण पाठक धरौटीमा रिहा हुने भएका छन् ।

भ्रष्टाचार आरोपपछि फरार रहेका पाठक बुधबार विशेष अदालतमा हाजिर भएपछि उहाँलाई अदालतले ७८ लाख रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको छ ।

adsads

अदालतको आदेशपछि पाठक उक्त रकमको बैंक ग्यारेन्टी राखेर रिहा हुन लागेका हुन् । पाठकले नेपाल बंगलादेश बैंकको बैंक ग्यारेन्टी बुझाएका छन् ।

पाठकलाई घूस ९० करोडको अनियमितता लुकाउन

पाठक बुधबार विशेष अदालतमा हाजिर भएपछि अदालतका अध्यक्ष बाबुराम रेग्मी तथा सदस्यद्धय द्धारिकामान जोशी र प्रमोदकुमार श्रेष्ठ बैद्यको संयुक्त इजलासमा बयान लिएको थियो ।

भक्तपुरको इन्जिनियरिङ कलेजको छानबिन रोक्न ७८ लाख घुस लिएका पाठकविरुद्ध १२ चैतमा भ्रष्टाचारको मुद्दा दायर भएको थियो ।

राजनारायण पाठकबिरुद्ध ७८ लाख विगोसहितको मुद्दा दायर

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

राष्ट्रपति विद्यादेवी भण्डारी

फेसबुक

राष्ट्रपति विद्यादेवी भण्डारी

ट्वीटर

सामाजिक सञ्जाल

More