राजनीतिको आडमा अपराध- तीन वर्षमा ८१ जना जनप्रतिनिधि कारबाहीमा

13 November, 2019 17:51 |जन सरोकार | comments | 5400 Views

    जनताको मत लिएर देश र जनताको सेवा गर्ने प्रतिबद्धता जनाएका जनप्रतिनिधि आपराधिक क्रियाकलापमा संलग्न भएको आरोपमा वितेका तीन वर्षमा उच्च तहका व्यक्तिदेखि तल्लो तहका जनप्रतिनिधि गरी ८१ जना कारबाहीमा परेका छन् । यसरी कारबाही हुनेमा सबभन्दा उपल्लो जनप्रतिनिधि निवर्तमान सभामुख कृष्णबहादुर महरा हुनुहुन्छ ।

    adsads

    यसरी प्रहरीले कानुनी कारबाहीका लागि नियन्त्रण लिएर मुद्दा चलाइएकामा सत्तारुढ दलदेखि लिएर प्रमुख प्रतिपक्षी दल, अन्य विपक्षी दलका नेता–कार्यकर्ताहरु रहेका छन् । अपराधमा संलग्न भएको आरोपमा प्रहरीले प्रतिनिधिसभाका सभामुखदेखि सङ्घीय सांसद, प्रदेश मन्त्री, प्रदेश सांसद, नगरपालिका प्रमुख र उपप्रमुख हुँदै वडा सदस्यसम्म गरी पछिल्लो तीन वर्षमा ८१ जना जनप्रतिनिधिलाई पक्राउ गरी कारबाही अघि बढाएको हो ।

    निवर्तमान सभामुख कृष्णबहादुर महरा, सङ्घीय सांसद मोहम्मद अफ्ताब आलम, प्रमोदकुमार साह र ६ नम्बर प्रदेशका भौतिक पूर्वाधार मन्त्री खड्गबहादुर खत्री पनि पक्राउ परेका छन् । उनीहरुलाई जबरजस्ती करणी, ज्यानसम्बन्धी कसुर, ज्यान मार्ने उद्योग, सरकारी छाप कीर्ते, झुटा विवरण पेस गरी नागरिकता बनाएको, कुटपिट बहुविवाह, अभद्र व्यवहार, गैरकानुनी भेला, ठगीलगायतका शीर्षकमा पक्राउ गरी कारबाही अघि बढाएको प्रहरीको तथ्याङ्कले देखाउँछ ।

    यसरी कारबाहीमा पर्नेमा सभामुख– १, सङ्घीय सांसद– २, प्रदेश मन्त्री– १, मेयर– १, उपमेयर– १, अध्यक्ष– १, उपाध्यक्ष– २, वडाध्यक्ष– ५७, वडा सदस्य– १५ र सचिव, कर्मचारी– ७ जना रहेका छन् ।

    आर्थिक वर्ष २०७६/०७७ मा २२ जना जनप्रतिनिधि पक्राउ परेका छन् । सभामुख एक, सङ्घीय सांसद दुई, प्रदेशमन्त्री एक, मेयर एक, उपमेयर एक, अध्यक्ष एक, वडाअध्यक्ष दस, वडासदस्य दुई, सचिवरकर्मचारी ३ गरी पछिल्लो आर्थिक वर्ष २२ जना पक्राउ परेको प्रहरी तथ्याङ्कमा उल्लेख छ ।

    त्यस्तै २०७५/०७६ मा ३० जना जनप्रतिनिधि पक्राउ परेका छन् । पक्राउ पर्नेमा २१ जना वडाअध्यक्ष छन् भने वडा सचिव दुई र वडासदस्य सात जना पक्राउ परेको प्रहरीको तथ्याङ्कमा उल्लेख छ ।

    २०७४/०७५ मा एकजना उपाध्यक्ष, २४ जना वडाअध्यक्ष, सातजना वडासदस्य, दुई जना सचिवरकर्मचारी पक्राउ परेका छन् । प्रहरीको तथ्याङ्कअनुसार ०७४/०७५ मा ३५ जना जनप्रतिनिधि पक्राउ परेका छन् ।

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More