राजनीतिक दूरी घटाउन उपसभामुख कांग्रेसलाई

17 October, 2019 20:03 |राजनीति | comments | 7350 Views

    सत्तारुढ नेकपा र प्रमुख प्रतिपक्षी दलबीच राजनीतिक दूरी बढ्दै गैरहेका बेला सभामुख कृष्णबहादुर महरा बलात्कार प्रकरणमा मुछिएर पदमुक्त भएपछि दुई दलबीचको दूरी छोट्याउने आधार पनि बनेको छ । नेपाली कांग्रेसले अब सभामुख वा उपसभामुखमध्ये एक पद पाउनुपर्ने दावी गरिरहेका बेला नेकपाका वरिष्ठ नेता झलनाथ खनालले सभामुख नेकपाले राखे कांग्रेसलाई उपसभामुख दिनु उपयुक्त हुने बताउनुभएको ।

    adsads

    अहिले नेकपाबाट निर्वाचित शिवमाया तुम्बाहाङफे उपसभामुख हुनुहुन्छ र कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सभामुख र उपसभामुख मध्ये एउटा पदमा आफ्नो दलको दाबी रहने बताउँदै आउनुभएको छ । यस्तोमा वरिष्ठ नेता खनालले संविधानमा फरक लिङ्ग र पार्टीबाट सभामुख र उपसभामुख हुनुपर्ने व्यवस्था अनुसार प्रमुख विपक्षीसँग राम्रो सम्बन्ध राखेर जानु राम्रो हुन्छ भन्दै विपक्षीलाई उपसभामुख दिदा उपयुक्त हुने बताउनुभएको छ ।

    सभामुख नेकपाले लिनका निम्ति उपसभामुखले राजीनामा दिनुपर्ने हुन्छ । यस्तोमा दुबै पदमा निर्वाचन हुनेछ । संविधानतः सभामुख र उपसभामुख फरक पार्टी र लिंगको हुनुपर्ने भएकाले एउटै दलले दुबै पदमा उम्मेदवारी दिन पाउँदैन । यस्तोमा राजनीतिक सहमति कायम गर्ने हो भने नेपाली कांग्रेसलाई उपसभामुख दिंदा राम्रो हुने धारणाा नेकपाका नेताहरुबाट आइरहेको छ ।

    बुधबार आयोजित चियापान समारोहमा अधयक्ष प्रचण्डले नेपाली कांग्रेससंग विगतको सहकार्य सम्झना गर्दै मिलेर जानुपर्ने आवश्यकता बोध भएको भन्दै उपसभामुख कांग्रेसलाई दिन सकिने अप्रत्यक्ष धारणा राख्नुभएको थियो ।

    सभामुख निवासबाटै पक्राउ परे निर्वातमान सभामुख महरा

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!