राजनीतिक बढेको भन्दै महतोद्वारा एनआरएनए सम्मेलन वहिस्कार

15 October, 2019 18:19 | एन आर एन न्युज | comments | 19200 Views

राष्ट्रपति विद्यादेवी भण्डारीले काठमाडौंको बौद्धस्थित हायात रिजेन्सी होटलमा मंगलबार उद्घाटन गर्नुभएको गैरआवासीय नेपाली संघ (एनआरएनए) को नवौं विश्व सम्मेलन संस्थापक अध्यक्ष तथा प्रमुख संरक्षक डा उपेन्द्र महतोले सम्मेलन बहिस्कार गर्नुभएको छ ।

सम्मेलनमा नेतृत्व हत्याउनेहरुबीच राजनीतिक ध्रुवीकरण बढेको भन्दै डा. महतोले संघघको स्थापनाको उद्देश्य विपरीत राजनीतिक अनावश्यक राजनीतिक हस्तक्षेप भएपछि सम्मेलनमा उपस्थित नभएको बताउनुभएको छ ।

  

विश्वका विभिन्न देशमा छरिएर रहेका नेपालीहरूलाई एकताबद्ध गर्दै उनीहरुले आर्जन गरेको ज्ञान, सीप, प्रविधि र पुँजीलाई मातृभूमि नेपालको सामाजिक तथा आर्थिक विकासमा सदुपयोग गर्ने उद्देश्यले स्थापना भएको संघलाई राजतीतिक संगठन जस्तो बनाउन नहुने र सबै क्षेत्रमा राजनीतिक दवदवा छ, कमसेकम एनआरएनए त्यसबाट मुक्त हुनुपर्छ भन्ने आफ्नो मान्यता रहेको बताउनुभएको छ ।

डा. महतोले चुनाव नै हुनु हुन्न भन्ने हैन तर दलगत राजनीतिक आस्थाबाट प्रभावित हुनु र त्यो नै हावी हुनु भएन । कम्तीमा एनआरएनएको गर्विलो इतिहासमा दाग लगाउने काम कसैबाट हुनुहुँदैन

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More