“राजनीति गर्नेहरुमा आयआर्जनको स्रोत भएन भने भ्रष्टाचार हुन्छ”- दोर्जे लामा

23 August, 2019 14:33 |अन्तरवार्ता | comments | 38100 Views

    समाजसेवी तथा व्यवसायी दोर्जे लामा राजनीतिसंगै आफ्नो व्यवसाय भए त्यो राजनीति स्वच्छ हुने मान्यता राख्नुहुन्छ । आफू व्यापारिक पृष्ठभूमिको भए पनि कहिल्यै पैसाको बलमा राजनीति नगरेको र गर्न पनि नहुने बताउनुहुने उहाँ तरुण दल सिन्धुपाल्चोकका अध्यक्ष समेत हुनुहुन्छ ।

    adsads

    राजनीति गर्नेहरु आर्थिक रुपमा मजबुत भए मात्र भ्रष्टाचार नहुने उहाँको विश्लेषण छ । उहाँ भन्नुहुन्छ– “राजनीति गर्नेहरुमा आयआर्जनको स्रोत भएन भने पद प्राप्तिपछि घर चलाउन र आफ्नो सुख सुविधाको लागि राज्यकोषको दुरुपयोग हुनसक्छ । म यो मान्यताको विरोधी हुँ । त्यसैले व्यापार मेरो आवश्यकता हो । सरकारलाई कर तिरेर गरिने व्यापारमा मेरो संलग्नता हो ।”

    प्रस्तुत छ लामासंग सामाजिक र राजनीतिक विषयमा नेपाल–जापान डट कमका लागि सूर्यप्रसाद कोइरालाले गरेको कुराकानी–

    ० राजनीतिमा के कारणले आउनुभयो ?
    मैले गरेका व्यक्तिगत काम र प्रगतिले मेरा वरिपरिका साथीभाइ र इष्टमित्रलाई मद्दत र हित गर्न सक्छु तर आमजनताको हित त्यसरी हुँदैन । जनताको सेवा गर्न राजनीति मार्पmत नीति निर्माण तहमै पुग्नुपर्छ भन्ने लागेर म राजनीतिमा लागेको हुँ । यो नै मेरो उद्देश्य हो ।

    ० कांग्रेस पार्टीभित्र यहाँको संलग्नतालाई लिएर कस्तो सन्देश दिन चाहनुहुन्छ सिन्धुपाल्चोक जिल्लावासीलाई ?
    प्रजातन्त्र विना देश रहँदैन । प्रजातन्त्र विना जनता बलिया पनि हुँदैनन् । प्रजातन्त्र आमनेपालीको मुटुको ढुकढुकी हो । अब रह्यो कांग्रेसमै किन भन्ने तपाईंको प्रश्न । सुन्नुस्, नेपालका जति पनि प्रजातन्त्र प्राप्तिका आन्दोलनहरु भए ती सबैको नेतृत्व कांग्रेस पार्टीले गर्यो । प्रजातन्त्रको वकालत नेपालमा कसैले गर्छ भने त्यो कांग्रेसले मात्र गर्छ । यसर्थ म कांग्रेस पार्टीको लागि एउटा इमान्दार सिपाहीका रुपमा प्रस्तुत हुन मेरो प्रयास हो ।

    ० तपाईं व्यापारिक पृष्ठभूमिको मानिस, राजनीति र व्यापारलाई कसरी सँगैसँगै हिँडाउनु भएको छ ?
    राजनीतिकभन्दा पहिला म व्यापारिक पृष्ठभूमिकै मानिस हुँ । राजनीति र व्यापार हाम्रा दुई खुट्टा जस्तै हुन् । राजनीतिक र व्यापारलाई सँगसँगै हिँडाउन मलाई कुनै अप्ठ्यारो छैन । सुन्दा र पर्दा नमिठो लाग्न पनि सक्ला तथापि म लोकतन्त्रवादी साथीभाइहरुका माझ पैसाको बलमा राजनीति गर्न चाहन्न र गर्न हुन्न भन्ने मेरो मान्यता छ । आफ्नो राजनीतिक उद्देश्यमा सफल हुन आफैं आफ्नो खुट्टामा उभिनु पर्छ । अन्यथा पद प्राप्तिपछि घर चलाउन र आफ्नो सुख सुविधाको लागि राज्यकोषको दुरुपयोग हुनसक्छ । म यो मान्यताको विरोधी हुँ । त्यसैले व्यापार मेरो आवश्यकता हो । सरकारलाई कर तिरेर गरिने व्यापारमा मेरो संलग्नता हो । अब तपाईं नै भन्नुहोस् व्यापार र राजनीतिलाई सँगसँगै हिँडाउन सफल भइयो भने राज्यको महत्वपूर्ण ओहदामा पुग्दा पनि राज्यकै पैसामा ढलीमली गर्न पर्दैन र राज्यको पैसा दुरुपयोग गर्न पनि पर्दैन भन्ने मेरो विश्वास छ । यसकारण पनि म व्यापारमा संलग्न छु ।

    ० पछिल्लो समय तपाईंले भोटेकोशी र बाह्रबीसे जोड्ने सीमा खोलामा एकल लगानीमा पुल निर्माण गरेर परोपकारको उदाहरण देखाउनु भयो । के स्वार्थ छ तपाईंको पुल बनाउनमा ?
    मेरो यो काममा व्यक्तिगत र परिवारको स्वार्थ छैन । त्यहाँका सर्वसाधारण आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरुलाई दैनिक आवत–जावतमा सजिलो परोस् र उहाँहरुले वर्षातका समयमा बाढीका कारण भोगिरहेका अप्ठ्याराहरु अबका दिनमा भोग्न नपरोस् भनेर मैले यो काम गरेको हुँ । पैसा बढी भएर गरेको पनि होइन र यसमा मेरो तथा मेरा परिवारको कुनै स्वार्थ पनि छैन । बाँकी कुरा दोर्जे लामाको कामबारे त्यहींका सर्वसाधारणसँग पनि बुझ्न सक्नुहुन्छ । म एक प्रकारले खुल्ला किताब हुँ । जसले जतिबेला पनि पढ्न सक्छ ।

    ० यो काम त सरकारले गर्नुपर्ने थियो, हैन र ?
    सरकार त हिजो पनि थियो, आज पनि छ । हिजोको सरकारले त गरेन गरेन आजको सरकारले त झन गर्ला भनेर भरोसा गर्न पनि सकिएन । जनताले पुलकै अभावमा कति वर्ष दुःख पाइरहने ? मलाई लाग्यो सरकारले नगरे म गर्छु । त्यसैकारण मैले मेरा आमाबुबा, दाजुभाइ, दिदीबहिनीका पीडा हेरिरहन सकिन । आफ्नो गाँस काटेर, खर्च कटौती गरेर समाजको विकासमा आफ्नो पैसा खर्च गरें ।

    ० प्रसङ्ग बदलौं, तपाईं तरुण दलको सिन्धुपाल्चोक अध्यक्ष, के छन् संगठनका भावी योजना ?
    जनता अहिले खेतीपातीको काममा जुटेको बेला हो । तपाईंलाई थाहै छ मानो खाएर मुरी उब्जाउने बेला हो यो । अब बल्ल राजनीतिक संगठनका काम सुरु हुँदैछ । नेपालीहरुको महान चाडपर्वका बीचमा हामी शुभकामना आदान–प्रदान मार्पmत आफ्नो धारणा जनसमक्ष लग्छौ र पार्टीको निर्देशन अनुसार जनसमक्ष जान्छौ । सँगसँगै संगठन विस्तार तथा प्रमुख प्रतिपक्षी दलको भूमिका निर्वाह गछौं । जनतालाई सरकारले गरेका राम्रा कामको प्रशंसा तथा नराम्रा कामका विरोधका स्वरहरु जनतालाई सुनाउँछौं । त्यसैगरी तरुण दललाई पार्टीभित्रको एक नम्बरको संगठन बनाएर छोड्ने मेरो दृढ संकल्प छ ।

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!