“राजनीति बिना समाजसेवा र समाजसेवा बिना राजनीति असम्भव छ”

6 April, 2019 14:49 | अन्तरवार्ता | comments | 37200 Views

नवीनबज्र लामा राजनीति र समाजसेवामा सक्रिय व्यक्तित्व हुनुहुन्छ । कुमारी एकेडेमीको म्यानेजिङ डाइरेक्टर, श्री बौद्ध तथा मेलम्ची घ्याङ गुठीका प्रबन्ध निर्देशक, मन्जुश्री सेभिङ तथा क्रेडिट को–अपरेटिभ, बी.पी. अध्ययन प्रतिष्ठान ३ प्रदेश काठमाडौंका सदस्य तथा आदिवासी जनजाति संघको क्षेत्र नं. ३ का कोषाध्यक्ष लगायत थुप्रै संघसंस्थाहरूमा आवद्धसँग लामा राजनीति र समाजसेवालाई एउटा सिक्काको दुई पाटा मान्नुहुन्छ ।

adsads

पछिल्लो समय बौद्धनाथ क्षेत्रका विषयमा उठेका विवाद र यो क्षेत्रको संरक्षण लगायतका विषयमा नेपाल–जापान डट कमका लागि विश्व सम्पदा सूचीमा सूचीकृत बौद्धनाथका बारेमा सूर्यप्रसाद कोइरालाले गरेको कुराकानी प्रस्तुत छ ।

० सामाजिक सेवाको क्षेत्रमा कसरी आकर्षित हुनुभयो ?
म एकदमै निस्कृय बसेको व्यक्ति । समाजमा भएको हलचल र गतिविधिले मलाई बारम्बार झस्काई रहन्थ्यो । विश्व सम्पदा सूचीमा सूचीकृत बौद्धनाथ क्षेत्रमा जन्मेपछि अनेक दुःख, पीडा भोगेका र धार्मिक व्यक्तित्वहरूसँग पनि भेटघाट हुने स्थलमा दिनचर्या बताउनु पर्दा अनेकौं मानिसका दुःख, पीडाले मलाई छुन्थ्यो । यसै क्रममा यहाँ हुने उच्छृङ्खलता र दमन पनि देखें । त्यसपछि म झनै भावुक हुन्थें । म समाजमा धार्मिक र आध्यात्मिक विषयमा केही योगदान गुरूँ भन्ने हेतुले यतातर्पm होमिएको हुँ ।

० तपाईं राजनीतिक चिन्तन पनि बोकेको मानिस, राजनीति र समाजसेवालाई कसरी लिनुभएको छ ?
खासमा म पवित्र बौद्धनाथ क्षेत्रभित्र हुने अनेकौं राजनीतिक दाउपेचका विरूद्ध सफा र स्वच्छ राजनीतिलाई प्रश्रय दिनुपर्छ भन्ने धारणाले पहिला म राजनीतितर्पm आकर्षित भएको हुँ । यसमा पनि कारण छन् । जस्तो कि पवित्र धार्मिक गतिविधिभित्र राजनीतिको गलत खेल खेलिनु हुन्न भनेर म यतातर्पm सोचविचार पुर्याउने मानिस । यसै कारण राजनीति र सामाजिक कार्य भनेको एकै सिक्काका दुई पाटा हुन् । राजनीति बिना समाजसेवा असम्भव छ र समाजसेवा बिना राजनीति पनि असम्भव छ । त्यसै कारण म यी दुवै क्षेत्रमा एक साथ संलग्न भएको हुँ ।

० बौद्ध घ्याङ गुठीको निर्देशक भएपछि बौद्धनाथलाई कसरी व्यवस्थित तुल्याउने भन्ने योजना छ, यहाँको ?
सर्वप्रथम विश्व सम्पदा सूचीमा सूचीकृत यस बौद्धनाथ क्षेत्रमा कुनै पनि किसिमका राजनीतिक गतिविधिमार्पmत मानिसहरूका धार्मिक र आध्यात्मिक भावनामा चोट नपुगोस् भनेर विभिन्न तरिकाबाट आफ्ना कार्ययोजना अघि सार्नु मेरो पहिलो दायित्व हो भन्ने सम्झेको छु । दोस्रो, म पवित्र बौद्धनाथलाई संसारभर कसरी प्रचारप्रसार गर्दा धार्मिक पर्यटक भित्र्याउन सकिन्छ भनेर म आफ्नो समय यसमा दिइरहेको छु । श्री बौद्ध तथा मेलम्ची घ्याङ गुठीको अव्यवस्थित आन्तरिक प्रशासनलाई व्यवस्थित बनाउँदै लग्ने र साथसाथै यहाँका स्थानीय बासिन्दा, संघसंस्था लगायत यहाँका सबै मानिसहरूलाई एकसाथ लिएर बौद्धनाथ क्षेत्रको विकासमा संलग्न हुनु मेरो अर्को कर्तव्य हो भन्ने ठानेको छु ।

० विश्व सम्पदा सूचीमा सूचीकृत बौद्धनाथलाई क्षत–विक्षत हुने गरी ड्रिल गरेको भन्ने समाचार आएको छ, के यो सत्य हो ?
यो एकदमै गलत र भ्रामक समाचार हो । म तपाईंको लोकप्रिय अनलाइनमार्पmत यस्ता भ्रामक कुराको खण्डन गर्न चाहन्छु । बौद्धनाथ क्षेत्र विकास समितिका पूर्व अध्यक्षहरूकै पालामा स–साना लिच्ची आकारका रङ्गीन बत्ती किला ठोकेर फिट गरिएको थियो । पछि त्यही लाइटलाई अझ सुन्दर देखाउन यस गुठीका प्रमुख संरक्षक परमपूज्य अवतारी धर्मगुरू रिम्पोछे चिनियाँ लामा भूपति बज्र लामाज्यूसँग कुनै धार्मिक भावनाको मानिसले एलइडी बत्ती फिट गर्न अनुरोध गर्दा उहाँबाट अनुमति मिलेको हो । तर ड्रिल गर्ने अनुमति उहाँले दिनुभएको होइन । त्यसै क्रममा उहाँ विदेशमा भएको बेला भएका यस्ता कुरालाई लिएर विवादमा तानिएको हो । उहाँ यसमा अत्यन्त दुःखित हुनुभएको छ ।

० यसै कुरालाई लिएर बौद्धनाथ परिसरमै विरोध प्रदर्शन भयो, के साँच्चै यो विरोधको शैली देख्दा कस्तो अनुभूति भयो ?
बुझ्दै नबुझी खास के भएको भन्ने तथ्यतर्पm नगई एक्कासी विरोधको आवाज संगठित रूपमा देखिँदा म अत्यन्त दुःखी भएको छु । त्यस समयमा म यहाँ नेतृत्वदायी भूमिकामा थिइन् । सर्वसाधारण जनता जस्तै म पनि त्यस्तै यो गतिविधि नियालिरहेको थिएँ । सर्वसाधारणको आँखाले हेर्दा परम्परादेखि सम्मानित पदमा रहेका चिनियाँ लामाको पछिल्ला उत्तराधिकारीको तस्वीरलाई व्यङ्ग्यात्मक ढङ्गले प्रिन्ट गरी यस विश्व सम्पदा सूचीमा सूचीकृत बौद्धनाथ क्षेत्रमा जिम्मेवार मानिसबाट जुलुस निकालेको देख्दा म दुःखी नहुने कुरै भएन ।

० अब कसरी यो कुरालाई व्यवस्थित गर्ने, केही सोच्नु भएको छ ?
बौद्धनाथलाई व्यवस्थित गर्न यहाँ ३ वटा स्थानीय निकाय छन् । बौद्ध तथा मेलम्ची घ्याङ गुठी, बौद्धनाथ क्षेत्र विकास समिति र तामाङ कल्याण गुठी । यी तीनैवटा निकायका जिम्मेवार पदाधिकारीका बीचमा सम्वादको वातावरण बनाई आ–आफ्ना कार्यक्षेत्र छुट्याउने र सहकार्य गर्दै यस क्षेत्रलाई थप व्यवस्थित गर्दै विकास गर्ने मेरो योजना छ । यसो गर्दा यो क्षेत्र शान्तिपूर्ण वातावरणमा अगाडि बढ्ने छ भन्ने मेरो धारणा छ ।

बौद्धनाथ क्षेत्रमा अनधिकृत ड्रिल, कारबाहीका लागि पुरातत्व विभागमा पत्राचार

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!