राजपा राजपा

  • राजपा
  • राजपा
  • राजपा
  • राजपा
  • राजपा
  • राजपा

राजपाको महाधिवेशन कात्तिकमा

27 April, 2019 10:30 | राजनीति | comments | 8250 Views

राजपा

राष्ट्रिय जनता पार्टी (राजपा)को नयाँ नेतृत्व चयन आगामी कात्तिकमा हुने भएको छ । यही वैशाख ८ गते देखि शुक्रबार सम्म चलेको पदाधिकारी बैठकले आगामी कात्तिक २८ देखि ३० गतेसम्म महाधिवेशन गर्ने निर्णय गरेको हो ।

adsads

यसअघि वैशाखमा तोकिएको महाधिवेशन तयारी नपुगेको भन्दै राजपाले स्थगन गरेको थियो ।महाधिवेशन सम्पन्न गर्न केन्द्रीय कार्यसमितिका सबै सदस्य रहने गरी अध्यक्षमण्डलका सदस्य महन्थ ठाकुरको संयोजकत्वमा महाधिवेशन मूल आयोजक समिति गठन गरिएको छ । यसैगरी राजपाले ठाकुरकै संयोजकत्वमा सबै पदाधिकारी सम्मिलित महाधिवेशन तयारी समितिसमेत गठन गर्ने निर्णय गरेको छ ।

आगामी महाधिवेशन पूर्ण हुने राजपाका महासचिव केशव झाले बताउनुभयो । अध्यक्ष मण्डलका बहुमत सदस्यहरु विशेष अधिवेशन गर्ने पक्षमा रहे पनि दोस्रो तहका नेता तथा अधिकांश पदाधिकारी पूर्ण अधिवेशनको पक्षमा छन् ।

राजपाले सहअध्यक्ष लक्ष्मणलाल कर्णको संयोजकत्वमा विधान मस्यौदा समिति गठन गरिएको छ । बैठकले भ्रातृ सङ्गठनलाई तत्काल समायोजन गरी पूर्णता दिनुका साथै व्यवस्थापन गर्ने निर्णयसमेत गरेको छ । दुई वर्षअघि छ पार्टी मिलेर राजपा बने पनि भ्रातृ सङ्गठनहरुले पूर्णता पाउन सकेका छैनन् ।

सुरक्षा समितिको बैठक शुरु

सुरक्षा समितिको दुईदिने प्रदेशस्तरीय बैठक जनकपुरधाममा शुरु भएको छ । शुक्रबारदेखि शुरु भएको बैठकको पहिलो दिन प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रदेशका आठै जिल्लाका सुरक्षा पदाधिकारी र प्रजिअसँग अन्तरक्रिया गर्नुभएको छ ।

सञ्चारकर्मीसँग कुरा गर्दै महानिरीक्षक खनालले प्रदेशकोे सुरक्षा संरचना, अवस्था र आगामी दिनमा अपनाउनुपर्ने सुरक्षा रणनीति तयार गर्ने विषयमा बैठकमा छलफल भएको बताउनुभयो । बैठकमा उहाँसहित सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल, नेपाली सेनाका प्रमुख, २ नं प्रदेशका आठै जिल्लाका प्रजिअ र जिल्ला प्रहरी प्रमुखको सहभागिता छ । शनिबार गृहसचिव र गृहमन्त्रीसहितको बैठक बस्नेछ ।

राजपामा महाधिवेशनको रडाको

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
राजपा

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More