राजाजस्तै हाम्रा नेता राजाजस्तै हाम्रा नेता

  • राजाजस्तै हाम्रा नेता
  • राजाजस्तै हाम्रा नेता
  • राजाजस्तै हाम्रा नेता
  • राजाजस्तै हाम्रा नेता
  • राजाजस्तै हाम्रा नेता
  • राजाजस्तै हाम्रा नेता

राजाजस्तै हाम्रा नेता

4 May, 2019 11:15 | पत्रपत्रिका , बिचार | comments | 25650 Views

राजाजस्तै हाम्रा नेता

राजनीतिक पार्टीहरूमा मुख्यतः तीन अस्पष्टता छन्। सिद्धान्त, संगठन र कार्यशैलीगत अस्पष्टता छ।

adsads
यसलाई एउटै शब्दमा पनि भन्न सकिन्छ।

सिद्धान्तको अस्पष्टताले संगठनमा अस्पष्टता ल्याउँछ। र त्यसले कार्यशैलीमा अस्पष्टता र विकृति ल्याँउछ। यो एउटै प्रक्रिया हो। त्यही एउटै प्रक्रियाका तीन पक्ष हुन्। मुख्यतः हामीले भनिरहेको के हो ? हामीले कस्तो समाज चाहेका हौं ? कस्तो राजनीति चाहेका हौं ? कस्तो राजनीतिले समाजलाई कतातिर लैजान्छ ? भन्ने कुरामा पार्टीहरूमा छलफल हुँदैन। त्यस्तो बहस गर्ने थलो नै छैन।

तपाईं–हाम्रै पार्टी नेकपामा हेर्नुहुन्छ भने हाम्रो पार्टीका बैठकहरू, संसदीय दलहरूमा नेताहरूले डेढदुई घण्टा भाषण गर्छन्। त्यो पनि विषयमा गर्दैनन्। बोल्दै जाँदा जेजे आउँछ, त्यही बोल्छन्। अर्काे नेताको भन्दा आफू राम्रो देखिनुपर्‍यो, धेरै लामो बोल्न सक्छ भन्ने देखिनुपर्‍यो। यस्ता कुण्ठा देखिन्छन् मान्छेहरूमा। राम्रो बोल्ने, लामो बोल्ने दौरानमा सिद्धान्तमै अस्पष्टता भएका नेताहरूले लामो बोल्दा के बोल्छन् ? उनीहरूले फतरफतर मात्र बोलेका हुन्छन्।

धेरैजसो नेताको अवस्था यस्तै छ। लामो बोलेका हुन्छन्, के बोलें भनेर नोट गर्न टिप्ने हो भने चार बुँदा हुँदैनन्। त्यो किन भयो भन्दा उसको गन्तव्य नै छैन। गन्तव्य भनेको सिद्धान्तको गन्तव्य हो। आफ्नो समूहको, पार्टीको सिद्धान्त के हो भन्नेबारे छलफल, बहस भयो भने त्यो सिद्धान्तअनुसार नेताले के बोलेको छ, के बोलेका छैनन् भन्ने कार्यकर्ताले पनि बुझ्न सक्थे। जनताले पनि थाहा पाउन सक्थे। पार्टीभित्र बहस गर्ने त्यस्तो थलो नै नभएपछि हुने यही हो।

यस्तो अवस्थामा पार्टीको बन्ने संगठन कस्तो हुन्छ ? आफ्नो उदेश्यमै प्रस्ट नभएपछि संगठन प्रस्ट हुँदैन। संगठन भनेपछि ‘एडप्ट कमिटी’हरू हुन्छन्। देखाउनका लागि मात्र त्यस्ता कमिटी बनाइने हुन्छ। नेताहरूका प्रचार कमिटी मात्र बन्छन्। ती कमिटीले समाज रूपान्तरणका लागि के गर्न सक्छन् ? सिन्को पनि भाँच्न सक्दैनन्। योगदान केही पनि गर्न सक्दैनन्। व्यस्त देखिन्छन्, कार्यकर्ता। यता लागेका छन्, उता लागेका छन्। यो समस्या देखिन्छ।

पहिलो कुरा, म यसलाई सैद्धान्तिक अस्पष्टता, त्यसले ल्याएको संगठनको अस्पष्टता र त्यसले कार्यशैलीमा अस्पष्टता पारिरहेको देख्छु।

दोस्रो, मैले धेरै अघिदेखि भनिरहेको पनि छु, हिजो राजासँग प्रजातन्त्र माग्ने एउटा चलन थियो। अनि राजाले प्रजातन्त्र दिन्थे। अहिले राजाको त्यो ठाँउमा हाम्रा नेता पुगेका छन्। उनीहरूलाई के लागेको छ भने गणतन्त्र हामीले दिएका हौं, दिने हो भन्छन्। त्यो लोकतन्त्र, गणतन्त्रका लागि कति सहभागी थिए भन्ने थाहा छैन। उनीहरूका आकांक्षा, आवश्यकताहरूका एजेन्डाबाट उनीहरू कटेका छन्। अहिले हामीकाहाँ विकास दिने, समृद्धि दिने, सुखी नेपाली समृद्ध नेपाल नेताले दिने खालको घोर व्यक्तिवादी चरित्र देखिन थालेको छ। त्यो भनेको हिजोको राजाको जस्तो चरित्र हो।

हिजो एउटा अवस्थामा हाम्रो नेता महान् छन्, क्रान्तिमा नेपाली जनताले नेताका झण्डा बोकिदिनुपर्ने आवश्यकता बनिदिन्छ। उसको महिमागान यति धेरै हुन्छ। नेता धेरै बुद्धिमान हुन्छ, राजाभन्दा नेता महान् बुद्धिमान छ, राजाभन्दा सक्षम छ भनेर देखाउनुपर्छ। राजाभन्दा प्रखर छ भनेर देखाउनुपर्ने हुन्छ। जनताका लागि त्यो आवश्यक भइदिन्छ। जनताको सोझोपन, भावनात्मक आवेग हुन्छ, त्यसको दोहन गरेर नेताहरूले अब म साँच्चिकै राजाभन्दा ठूलो हुँ भन्ठान्छ। अहिले हाम्रा नेताहरूले त्यही सोचेका छन्, आफूलाई त्यही राजाभन्दा शक्तिशाली भन्ठानेका छन्। त्यसले गर्दा अहिले हाम्रा लिडरसिपले राजाकै ठाँउमा आफूलाई राखेको छ।

जसरी विगतमा राजा हिँड्थे, वरिपरि आसेपासे हुन्थे, जसरी हात हल्लाउँथे, जसरी राजाले दर्शनभेट दिन्थे, उसैगरी अहिले हाम्रा नेताहरू हिँड्ने, हात हल्लाउने र दर्शनभेट दिने गर्न थालेका छन्। त्यसैगरी निर्देशनहरू दिन थालेका छन्। सन्देशहरू प्रवाह गर्छन्। यसकारण हाम्रो राजनीतिक संस्कृति नै बनेन।

यसले एउटा अर्काे प्रभाव के पार्‍यो भने यो समाजमा मान्छे असुरक्षित भयो। साँच्चिकै लोकतन्त्र÷प्रजातन्त्रको अभ्यास गर्न मान्छे असुरक्षित भए। मान्छेले आफैं पढ्यो, जान्यो, अन्यत्रतिरको दुनियाँ देख्यो, आफ्नै दुनियाँ पनि देख्यो। आफ्नै सफलता, असफलताको कहानी समीक्षा गर्‍यो। इतिहास पढ्यो। यस्तो हुनपर्ने हो लोकतन्त्र भनेर सोच्यो भने प्राक्टिसमा आउँदा मान्छे असुरक्षित छ। नेताको पछाडि लागेन भने मान्छेहरू असुरक्षित हुन्छन्।

राजनीतिको सोपान चढ्ने कुरा मात्र होइन, उसको व्यक्तिगत जीवन पनि असुरक्षित हुन्छ। त्यस्तै संन्यत्र बनेको हुन्छ, जो नेताहरूको पछाडि, गुटहरूको पछाडि हुन्छ, त्यो तल सुरक्षित हुन्छ। उसले राज्यबाट लिन सक्ने सुविधाहरू पाउँछ, ठेक्कापट्टा पाउँछ। उसले राज्यको सम्पत्ति दोहन गरेको, लुटेको हुन्छ र ऊ सुरक्षित हुन्छ। उसको आर्थिक जीवन पनि सुरक्षित हुन्छ। त्यो गर्न नसकेको मान्छे असुरक्षित हुन्छ। त्यसपछाडि समाजको एउटा अलिकति पढेलेखेको, जानेको र सामाजिक सुधार, क्रान्तिका लागि योगदान गर्न सक्ने असाध्यै राम्रो पोटेन्सियल मान्छे दलाल भएर निस्केका छन्।

केन्द्रमा सैद्धान्तिक अस्पष्टता र राजनीतिक संस्कृति विकृत भएको लिडरसिपको पछाडि जमात तयार हुने क्रम छ। समाजका जानेबुझेका अगुवा भन्नेहरू उतै दौडिरहेको देखिन्छ। यसले समग्र राजनीतिलाई नै गलत दिशातिर दौडाइरहेको हुन्छ। यसको परिणाम तपार्इंले अहिले देखिरहेका घटनालाई लिन सकिन्छ।

यस्तो अवस्थाले कम्युनिस्ट पार्टीलाई काहाँ पुर्‍याउला ? कहिलेकाहीँ के हुन्छ भने क्रान्ति, माक्र्सवाद, समाजवाद सबै बिक्रीमा हुन्छ। माक्र्सले लेखेका छन्, ‘हामीले यो घोषणापत्रको नाम समाजवादी घोषणापत्र किन राखेनौं भनेर प्रश्न उठ्न सक्छ। युरोपमा समाजवाद यति विकृत भयो कि कुनै पनि पुँजीपतिले आफूलाई समाजवादी भन्छ। त्यसो हुँदा हामीले यो घोषणापत्रलाई कम्युनिस्ट घोषणापत्र राख्नुपरेको हो।’

समाजवाद मुखले भन्ने, ब्यानरले भन्ने र टाँग्ने मात्र कुरा होइन। पुँजीपति वर्गले समाजवादलाई यसरी विकृत बनाउने कुरा माक्र्सकै पालादेखि चलेको हो। यसले मूलतः यो झण्डा जहिलेसम्म राख्न मिल्छ, राख्दा फाइदा हुन्छ, त्यो बेलासम्म झण्डा राख्छ। माक्र्सवादको नाम जप्दा जहिलेसम्म फाइदा हुन्छ, त्यतिन्जेलसम्म जपिरहन्छ। पुँजीवादले परिवार, त्यसप्रतिको माया, प्रेम, दया, करुणा जस्ता चिजहरूलाई कसरी पुँजीमा कन्भर्ट गरिदिन्छ भन्ने छ। सिद्धान्त, मूल्यमान्यता, नैतिकता जस्ता सारा कुरालाई ‘मोडिफाई’ गरिदिन्छ वस्तुगत रूपमा। त्यस्तो पार्टी रियलमा कम्युनिस्टको कुरा छोडिदिऊँ, सामान्य सुधारवादी पार्टी पनि हुन सक्दैन। नेपालको सन्र्दभमा हाम्रो पार्टी नेकपाको पनि यही अवस्था हो। म त यस्तो देख्छु।

भुसाल नेकपाका स्थायी समिति सदस्य हुन्।

आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

एमाले–माओवादी एकता प्रक्रिया : १३ शीर्षकमा ४२ पृष्ठको राजनीतिक प्रतिवेदन तयार

 

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
राजाजस्तै हाम्रा नेता

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

अर्ना र बाह्रसिङ्गे

फेसबुक

अर्ना र बाह्रसिङ्गे

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!