रातिको खाना हानिकारक, कसरी खाने ?

19 July, 2019 17:13 |जल/वातावरण/स्वास्थ्य | comments | 18450 Views

    प्रायः मानिस बेलुकीको खानापछि शारीरिक श्रम गर्दैनन् । जसका कारण बेलुकीको खानामा विशेष ध्यान दिन जरुरी हुन्छ ।

    adsads

    सकेसम्म बेलुकीको खाना कम प्रोटिनयुक्त हुन अवश्यक छ । डिनरमा शरीरले पचाउन सक्ने खाना मात्र खानुपर्छ । नत्र विभिन्न रोग देखा पर्न सक्छ । रातिको भोजन सकेसम्म हल्का गर्ने। किनकि, राति शरीरलाई बढी ऊर्जा चाहिँदैन।

    भोजनमा कार्बोहाइड्रेट र बोसोयुक्त खाना कम खाने। रातिको खानामा भात, तारेको–भुटेको खाना, माछामासु, गालेको अचार आदि भरसक नखाने।हरियो सागपात, रोटी, सुप, दाल आदि रातिको खानाका लागि उत्तम मानिन्छन्। रातिको खाना खाएपछि सीधै ओछ्यानमा गएर नपल्टिने।

    खाना खाएको तीन घण्टापछि मात्रै सुत्न जाने । खाना खाएपछि हल्का हिँड्डुल गर्नु उपयुक्त हुन्छ।हिँड्डुल नगर्ने हो भने हल्का नृत्य गर्नु लाभदायक हुन्छ। रातिको खानासँग भरसक पानी नखाने। खाना खानासाथ पानी नखाने। सकेसम्म खाना खाइसकेको एक घण्टापछि पानी खाने ।

    तपाईलाई थाहा छ ? फ्रिजमा राखेका सबै खानेकुरा ताजा रहँदैन, कतिपय हानिकारक बन्छ

    एक्सन फिल्म मुटुका लागि हानिकारक

    हानिकारक रसाइन प्रयोग गरिएका माछा भित्रिन थाले

    बालबालिकालाई मोबाइल र टिभीबाट सुरक्षित राख्ने चुनौती

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More