बालगोपालेश्वर मन्दिरबालगोपालेश्वर मन्दिर

  • बालगोपालेश्वर मन्दिर
  • बालगोपालेश्वर मन्दिर
  • बालगोपालेश्वर मन्दिर
  • बालगोपालेश्वर मन्दिर
  • बालगोपालेश्वर मन्दिर
  • बालगोपालेश्वर मन्दिर

रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर शिखर शैलीमा पुनःनिर्माण

19 August, 2019 11:40 |जन सरोकार | comments | 10650 Views

    बालगोपालेश्वर मन्दिर

    रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर शिखर शैलीमा पुनःनिर्माण शुरु भएको छ । गत असार २४ गते राष्ट्रिय पुनःनिर्माण प्राधिकरणसँग ठेक्का सम्झौता गरेको निर्माण कम्पनी सिए÷तुलसी कन्सट्रक्शन जेभीले मन्दिर बनाउन थालेको हो ।

    adsads

    मन्दिर पुनःनिर्माणका क्रममा मूल मन्दिर वरिपरि यसअघि राखिएको ‘कङ्क्रिटको टाइबिम’ फुटाएर फलामे रड निकाल्न थालिएको छ । त्यसलाई हटाएर चुनासुर्की प्रयोग गरी मूल मन्दिर वरिपरिको ‘प्यासेज’ पुनःनिर्माण थालिएको हो । रानीपोखरीको उत्तरी ढोकानिर सुर्की निर्माणको काम भइरहेको छ भने मन्दिर नजीकै चुना भिजाइएको छ । चुना र सुर्की मिलाएर त्यसकै मसलाले पर्खाल लगाइएको छ । सिए÷तुलसी कन्सट्रक्शन जेभीका इञ्जिनीयर सनम श्रेष्ठले हाल दैनिक ३० देखि ३५ श्रमिकले काम गरिरहेको जानकारी दिनुभयो ।

    क्षमापूजा गरेपछि मुख्य मन्दिरको पुनःनिर्माण गरिने उहाँले बताउनुभयो । कामलाई गति दिन मूल मन्दिर र पुलको काम समानान्तर रुपमा अघि बढाइनेछ । रानीपोखरी पुनःनिर्माण अनुगमनको नेतृत्व गरिरहनु भएका प्राधिकरणका सहसचिव एवम सम्पदा संरक्षण, सार्वजनिक भवन तथा पूर्वाधार महाशाखा प्रमुख शिवहरि शर्माले हालसम्मको काम सन्तोषजनक रुपमा अघि बढेको बताउनुभयो । निर्माण कम्पनीले बालगोपालेश्वर मन्दिर, मन्दिरमा जाने पुल र पोखरी वरिपरिको बगैँचा पुनःनिर्माण गर्नेछ । उपभोक्ता समितिले पोखरीको पिँध र वरिपरिको पर्खाल पुनःनिर्माणको जिम्मेवारी पाएको छ ।

    उपभोक्ता समितिले पोखरीको पश्चिमपट्टिको पर्खाल लगाइसकेको छ । दक्षिण र उत्तरको एकतिहाइ भागमा पर्खाल लगाउने क्रम जारी छ । पर्खाल लगाउँदा पनि परम्परागत सामग्री र प्रविधि प्रयोग गरिएको छ । भक्तपुरका दक्ष कालिगढद्वारा पोखरीमा पानी अड्याउन कालो माटो राख्ने काम भइरहेको छ । प्राधिकरणले यी कामलाई तीव्रता दिन कालिगढको सङ्ख्या बढाउन उपभोक्ता समितिलाई निर्देशन दिएको छ ।

    बालगोपालेश्वर मन्दिर पुनःनिर्माण शुरु गरिँदै- लागत १४ करोड रुपैयाँ

     

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
    बालगोपालेश्वर मन्दिर

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    धितोपत्र बजार

    फेसबुक

    धितोपत्र बजार

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!