रामकृष्ण ढकाल र निलमबीच सम्बन्ध बिच्छेद- छोरी आमासंग बस्ने

25 December, 2019 20:30 | कला/मनोरन्जन , कलिउड | comments | 60150 Views

नेपाली सुगम संगीतका स्थापित र चर्चित गायक रामकृष्ण ढकाल र पत्नी निलम शाह ढकालबीच सम्बन्ध बिच्छेद भएको छ । दुबैजना सहमतिमा सम्बन्ध बिच्छेद गरेको निलमले ढकालसंग कुनै सम्पत्तिको दावी गरेकी छैनन् ।

ads ads

बुधबार जिल्ला अदालत काठमाडौंमा गायक ढकाल र श्रीमती निलम शाह ढकालबीच सम्बन्धविच्छेद भएको जिल्ला अदालत काठमाडौंका श्रेस्तेदार आनन्दप्रसाद श्रेष्ठले जानकारी दिनुभएको छ । श्रेष्ठका अनुसार न्यायाधीश विदुर कोइरालाको इजलासले मुद्दा टुंग्याएको हो ।

शाहले ढकालबाट कुनै पनि अंश वा सेवा सुविधा नलिने तर छोरीको लालनपालनमा भने उनीहरूको बराबरी हक लाग्ने आदेश सम्बन्ध बिच्छेद फैसलामा भएको श्रेष्ठले बताउनुभएको छ । सम्बन्धबिच्छेदपछि उनीहरुकी छोरी भने आमा निलमसंगग बस्नेछिन् ।

रामकृष्ण र निलमबीच एक दशकअघि प्रेम विवाह भएको थियो । उनीहरुबीच लामो समययता पारिवारिक किचलो रहेको चर्चा चल्दै आएको थियो । गायक ढकाल पछिल्लो समय ऋणमा डुबेका छन् ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More