रामबजारबासी स्व. रवीन्द्रलाई सम्झदै बने भावुक- भने विद्याप्रति भरोशा छ

15 November, 2019 14:32 |राजनीति | comments | 15150 Views

    पोखरा रामबजारबासीले मंसिर १४ गते हुने कास्की क्षेत्र नं. २ को उपचुनावमा नेकपा उम्मेदवार विद्या भट्टराईप्रति विश्वास रहेको बताउँदै भोट दिने बाचा गरेका छन् । चुनावी प्रचार प्रसारका क्रममा घरदैलो गर्दै रामबजार पुग्नुभएकी विद्या भट्टराईलाई रामबजारबासीले नेकपाप्रति आफूहरुको आशा कायम रहेको बताउँदै साथै स्व. रवीन्द्र अधिकारीको उत्तराधिकारीका रुपमा विद्याप्रति भरोसा रहेको धारणा समेत व्यक्त गरे ।

    adsads

    भोट माग्दै पुग्नुभएकी विद्यालाई स्थानिय समाजसेवीसमेत रहेका भूतपूर्व सैनिक लालकाजी गुरुङले रवीन्द्रको झल्को विद्यामा देखेको भन्दै रवीन्द्रप्रति हाम्रो सम्मान थियो, रवीन्द्रले नै पोखराको विकास र समृद्धि गर्नुहुन्छ भन्ने थियो, अब उहाँ रहनु भएन, उहाँकै झल्को दिने गरी तपाईं आउनु भएको छ, हाम्रो भरोसा अब विद्याजीमा छ ।’

    कांग्रेसले भूपू सैनिकको कुरा सुन्दै नसुनेको भन्दै उहाँ भन्नुभयो रवीन्द्रजीले कुरा सुनेर हाम्रो समस्या बुझ्नु पनि भएको थियो, एकपटक उहाँले संसदमा भूपू सैनिकको कुरा राख्नु पनि भएकै हो, तर कालले छिट्टै लग्यो र त्यो अधुरै रह्यो, अब त्यो हाम्रो समस्या विद्याले गर्नुहुन्छ भन्नेमा हामी विश्वस्त छौं ।

    त्यस्तै स्थानिय ९३ वर्षिया बृद्धा पून्यकुमारी गुरुङले जनताको पार्टी नेकपा भएको बताउँदै हामीलाई बृद्धभत्ता दिने नेकपा नै हो, ‘खै कांग्रेसले सबैभन्दा धेरै सरकार चलायो भन्छन्, तर हामीले कहिल्यै केहि पाएनौं, तर नेकपाले त हरेक महिना ३ हजार दिन्छ, हाम्रो त पार्टी भनेकै नेकपा नैत हो ।’

    घरदैलोपछि रामबजार मन्दिर परिसरमा आयोजित कोणसभामा बोल्दै विद्याले भूपू सैनिकको समस्या समाधान गर्ने जिम्मा आफू र आफ्नो पार्टी नेकपाले लिने बताउँदै भन्नुभयो ‘हिजो रवीन्द्रजीले तपाईंहरुको समस्या समाधान गर्ने जिम्मा लिनुभयो, अब उहाँले थालेको समस्या समाधानको जिम्मा म र हाम्रो पार्टी नेकपाले लिन्छ । रवीन्द्रको अभाव पोखरेली जनतालाई हुन दिन्न’ ।

    उहाँले जनतालाई निराश हुन नदिने प्रतिबद्धता व्यक्त गर्दै प्रत्येक गाउँपालिकासँग पोखरा जोड्ने लिंक रोड बनाउनका लागि आफूले नेतृत्व लिने र जितेर गाउँ नफर्किने पुरानो प्रचलन तोडेर अब आफू बारम्बार जनताको घरदैलोमा आउने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।

    कोणसभामा बोल्दै नेकपाका केन्द्रीय सदस्य चुडामणी जंगलीले ‘समृद्ध पोखरा, सुखी पोखरेली’ बनाउन नेकपाले अभियान चलाइरहेको बताउनुभयो । कांग्रेसले सरकारकोबारेमा भ्रम सिर्जना गरिरहेको आरोप लगाउँदै उहाँले विकास र समृद्धीको बाटोमा सरकारले उल्लेखनीय काम गरिरहेको दावी गर्नुभयो ।

    पोखरा क्षेत्रीय अन्र्तराष्ट्रिय क्षेत्रीय विमानस्थलदेखि मध्यपहाडी लोकमार्ग, सुरुङ मार्ग निर्माण, पेट्रोलियम पदार्थको पाइपलाइन बिस्तारलगायतका कार्यहरु उदाहरण भएको उहाँको भनाई थियो ।

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More