राममन्दिर–बाबरी मस्जिद विवाद : जमिन हिन्दुको भएको फैसला

9 November, 2019 16:07 |विश्व समाचार | comments | 9300 Views

    लामो समयदेखि कायम अयोध्याको राममन्दिर–बाबरी मस्जिदसम्बन्धी मुद्दामा भारतको सुप्रिम कोर्टले फैसला सुनाउदै सो भूमि हिन्दुको भएको फैसला सुनाउँदै सोही क्षेत्रमा मस्जिद बनाउन पाँच एकड जमिन दिन आदेश दिएको छ ।

    सन् १९९२ डिसेम्बर ६ भाजपा निकट हिन्दु समर्थकहरुले बाबरी मस्जिद भत्काएपछि रामजन्म भूमि विवाद उत्कृर्षमा पुगेको थियो ।

    adsads
    त्यसपछि भड्किएको हिंसाले सयौंको ज्यान लियो र अकल्पनिय जनधनको क्षति गरेको थियो ।

    हिन्दु र मुस्लिम सम्प्रदायबीच अयोध्यास्थित विवादास्पद भूमिलाई लिएर करिब सात दशकदेखि विवाद कायम थियो । हिन्दुले विवादास्पद भूमिमा राम जन्मभूमि भएको दाबी गर्दै आएका थिए भने मुस्लिमले बाबरी मस्जिद भूमिको अडान राख्दै आएका थिए ।

    यही विवादलाई लिएर भारतमा हिन्दु र मुस्लिम बेलाबखत तनाव सिर्जना हुँदै आएको छ ।

    यो मुद्दामा शनिबार पाँच सदस्यीय फुल कोर्टले सर्वसम्मतिमा फैसला सुनाउदै अयोध्यामा राम मन्दिर बनाउने बाटो समेत खुला गर्दै मन्दिर संचालनका लागि एउटा ट्रष्ट बनाउन र अयोध्यामै मस्जिद बनाउन पाँच एकड जमिन उपलब्ध गराउन आदेश दिएको छ ।

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    राशिफल

    फेसबुक

    राशिफल

    ट्वीटर

    सामाजिक सञ्जाल

    More