राम मन्दिरकाे जग्गा राम मन्दिरकाे जग्गा

  • राम मन्दिरकाे जग्गा
  • राम मन्दिरकाे जग्गा
  • राम मन्दिरकाे जग्गा
  • राम मन्दिरकाे जग्गा
  • राम मन्दिरकाे जग्गा
  • राम मन्दिरकाे जग्गा

राम मन्दिरकाे जग्गा : थियो तीन सय ७३, छ तीन रोपनी

18 July, 2019 10:00 | पत्रपत्रिका | comments | 19650 Views

राम मन्दिरकाे जग्गा

गौशालास्थित राम मन्दिरको ३ सय ७० रोपनी जग्गा गायब पारिएको छ। कमान्डिङ कर्नेल श्रीसनकसिंह टण्डनले १९२८ सालमा राम मन्दिर निर्माण गरी ३ सय ७३ रोपनी ८ आना ३ पैसा जग्गा गुठी राखिदिएका थिए।

adsads

अहिले मन्दिर परिसरले चर्चेको ३ रोपनी ४ आना जग्गा मात्र छ। काठमाडौंका नाङ्लेभारे, लप्सीफेदी र साँखुमा मन्दिरका नाममा रहेको जग्गा सबै मोहीकै नियन्त्रणमा छ। जग्गाबाट खासै आयस्ता पनि आउँदैन। वर्षको २ देखि ३ लाखसम्मको बाली आउने गरेको रामचन्द्र मन्दिर गुठीका सदस्यसचिव केशवध्वज राणाले जानकारी दिए। ‘सबै जग्गा मोहीले कमाएका छन्’, उनले भने, ‘बाली भन्दै कसैले अलिअलि बुझाउँछन्।’

निजी गुठीबाट सञ्चालन भएको मन्दिर भए पनि जग्गा कहाँ कति छ भन्ने यथार्थ विवरण गुठीसँग छैन। यस्तै जग्गामा कति मोही छन् भन्ने तथ्यांक छैन। सदस्यसचिव राणा भन्छन्, ‘सरकारसँग त विवरण छैन, हामीसँग के हुन्छ ? ’ मन्दिरको आर्थिक स्रोत चन्दा, दक्षिणा, भेटी तथा मन्दिर प्रांगणमा सेवासुविधा दिएबापत विवाह, व्रतबन्धबाट प्राप्त हुने शुल्क मात्र हो। मन्दिरका कार्यालय सचिव वसन्त खड्काले जग्गाजमिनको आयस्ता नआउने बताए। उनले भने, ‘गुठीको जमिन कहाँ छ, कस्तो अवस्थामा छ भन्ने जानकारी छैन।’ उनले सामाखुसी, भंैसीपाटी, गोंगबँु लगायत ठाउँमा जग्गा छ भन्ने सुनेको बताए।

विगतमा गौशाला पशुपतिनाथ नजिक बत्तीसपुतलीमा रहेको श्रीरामचन्द्र मन्दिर नेपालको धनी मन्दिरका रूपमा गनिन्थ्यो। राम मन्दिरजस्तो ढाँचाको गुम्बज शैलीको मन्दिर नेपालमा अर्को नरहेको पुरातत्त्वविद् बताउँछन्। विगतमा जग्गाको आम्दानीबाटै मन्दिरको पूजाआजा, जात्रा, मेला सञ्चालन हुन्थ्यो।

वि.सं. १९३३ र १९५१ मा लघु आकारका शिवालाय मन्दिर परिसर निर्माण भए। राजा विक्रमादित्यको सिंहासनलाई अप्सरा स्वरुपका बत्तीसवटा पुतली उडाएर ल्याई थुम्को (डाँडो) मा राखिएको भन्ने किंवदन्ती छ। त्यसैको प्रतीक स्वरुप मन्दिरको गर्भगृहमा बत्तीसवटा पुतलीका आकृति कुँदिएका छन्। यसैको नामबाट यहाँको बस्तीको नाम नै ‘बत्तीस पुतली’ रहेको विश्वास छ।

अहिले राम मन्दिरमाथि चौतर्फी अतिक्रमण भएको छ। ऐतिहासिक, धार्मिक, सांस्कृतिक महत्तायुक्त मन्दिर श्रीविहीन हुन पुगेपछि समिति बनाएर संरक्षण, सम्भार, हेरचाह गर्न थालिएको हो। २०४८ सालमा जीणोद्धार समिति बनाएर मन्दिर संरक्षण गरिँदै आएको छ।

गुठीका सदस्यसचिव राणाले मन्दिर संरक्षणको प्रयास भइरहेको दाबी गरे। जग्गामा भूमाफियाकै हात रहेको यो मन्दिरको अवस्थाले प्रमाणित गरेको सम्पदाविद्हरु बताउँछन्। कतिपय गुठीयार स्वयंले मन्दिरको जग्गा बाँडीचुँडी गरेका छन्। गुठी संस्थानका प्रवक्ता सरोज थपलियाले निजी गुठीबाट सञ्चालन भएकाले राम मन्दिर संस्थानको अधिकार क्षेत्रभित्र नपरेको बताए।

आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

कीर्तिपुरमा मात्र त्रिविको नौ सय रोपनी जग्गामा २० संस्थाको रजाइँ

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
राम मन्दिरकाे जग्गा

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!