रारा घोषणा पत्र जारी गर्दै राष्ट्रिय जलवायु सम्मेलन सम्पन्न

1 November, 2014 10:10 |जन सरोकार , मुख्य समाचार | comments | 133650 Views
    राराकिनारमा बिहीबार सुरु जलवायु सम्मेलन स्थलबाहिर नाराबाजी गर्दै मुगुका असिनापीडित किसान । साभार तस्बिर
    साभार तस्बिर" src="http://www.nepaljapan.com/wp-content/uploads/2014/10/Rara-ma-Nara-Julus-300x225.jpg" width="300" height="225" srcset="https://www.nepaljapan.com/wp-content/uploads/2014/10/Rara-ma-Nara-Julus-300x225.jpg 300w, https://www.nepaljapan.com/wp-content/uploads/2014/10/Rara-ma-Nara-Julus.jpg 600w" sizes="(max-width: 300px) 100vw, 300px" />
    राराकिनारमा बिहीबार सुरु जलवायु सम्मेलन स्थलबाहिर नाराबाजी गर्दै मुगुका असिनापीडित किसान । साभार तस्बिर

    मुगुको रारा ताल किनारमा बिहिबारेदेखि सुरु भएको राष्ट्रिय जलवायु सम्मेलन नौबुँदे रारा घोषणा पत्र जारी गर्दै शुक्रबार सम्पन्न भएको छ ।  विज्ञान प्रविधि तथा वातावरण मन्त्रालय र किर्डाक नेपालको आयोजनामा भएको सो सम्मेलनमा विभिन्न सरकारी तथा गैरसरकारी निकाय र निजी क्षेत्रबाट करिब २०० सहभागी थिए ।

    घोषणा पत्रमा रारा जलवायु सम्मेलनले विश्वका ठूला अर्थतन्त्र भएका औद्योगिक शक्ति राष्ट्रका कारण नेपाल जस्तो अल्पविकसित मुलुकले अनावश्यक रुपमा जलवायु परिवर्तनका कारण दुःख व्यहोरिरहेकाले यसको रोकथाम र न्यूनीकरणका विभिन्न चरणमा बहस तथा पैरवी गरिने उल्लेख छ ।

    नेपालका नागरिक समाजले सरकारी तथा गैरसरकारी सङ्घ संस्था, यस सम्बद्ध व्यक्ति र निकायसँग समन्वय गरी नेपालमा बहस सुरु गरे जस्तै एसिया क्षेत्रमा समेत बहस थाल्ने सम्मेलनले तय गरेको छ भने अन्तर्राष्ट्रियस्तरमा नेपाल सहभागी हुने बैठक र संयुक्त राष्ट्र सङ्घमा आयोजना हुने सभामा समेत जलवायु परिवर्तनले नेपालका हिमाली क्षेत्रमा पारेको प्रभावका बारेसमेत प्रमुख एजेण्डा बनाउने निर्णय गरेको छ ।

    जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रका हिमाल तथा पर्वतमा हिउँ पग्लिदै गएको भू–क्षय र बाढी पहिरो, अनावृष्टि, अतिवृष्टिले ठूलो धनजनको क्षति हुदा दिन प्रतिदिन गरिबी बढ्दै गएकाले यी क्षेत्रमा हिमालय दिगो पर्यटन रणनीति बनाउनुपर्ने, प्राङ्गारिक कृषि उत्पादन तथा व्यावसायिक कृषि उत्पादनमा घोषणा पत्रले जोड दिएको छ ।

    जलवायु परिवर्तनका कारण परेको प्रभावबारे जानकारी लिन सक्ने गरी कर्णाली क्षेत्रमा परापूर्वकालदेखि हालसम्म देखिएका परिवर्तनका विभिन्न चरणका सबै सामग्री सङ्कलन गरी कर्णाली क्षेत्रमा नै जलवायु परिवर्तन अनुसन्धान केन्द्र स्थापना गर्न समेत जोड दिइएको छ ।

    कर्णाली क्षेत्र प्राकृतिक रुपमा पर्यटकीय गन्तव्यको प्रमुख स्थल रहेकाले वातावरण मैत्री प्राकृतिक स्रोतको व्यवस्थापन, स्थानीय संस्कृतिको जगेर्ना हुने गरी रारामा पर्यटन विकास गर्न गुरुयोजना निर्माण गर्नुपर्ने, रारा–सिंजा र दैलेखको दुल्लु, जुम्लाको खलङ्गादेखि बडिमालिका र सुदूरपश्चिमको खप्तड हुँदै डोल्पादेखि हुम्लासम्म पर्यटकीय पदमार्ग जोड्नुपर्ने घोषणापत्रमा जोड दिइएको छ ।

    सम्मेलनमा १६ कार्यपत्र प्रस्तुत गरिएको थियो ।

    जलवायु परिवर्तनका कारण नेपालका हिमालय र पहाडी क्षेत्रमा बसोबास गर्ने नागरिकको जीविकोपार्जनलाई नराम्रोसँग प्रभावित बनाएको र नागरिकको दैनिक जनजीवनसँग जोडिएको कृषि उत्पादनमा ह्रास आएको हुँदा उनीहरुको जीविकोपार्जनमा सुधार, प्राकृतिक तथा जैविक विविधताको संरक्षण, यस्तो क्षेत्रमा बसोवास गर्ने नागरिकलाई जलवायु परिवर्तनसम्बन्धी जानकारी र सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न पनि घोषणा पत्रले समेटेको छ ।

    प्रमुख प्रस्तुतिकर्ता तथा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष प्रा डा पीताम्बर शर्माले जलवायु परिवर्तन र भावी विकासको रणनीतिबारे प्रकाश पार्दै विकसित देशले उत्पादन गर्ने हरित ग्याँसले कमविकसित देशमा प्रभाव पारेको उल्लेख गदै नेपालमा आगामी दिनमा बन्ने विकास योजनासम्बन्धी रणनीतिमा जलवायु परिवर्तनले सङ्कटग्रस्त समुदायको जीवन रक्षा सम्बन्धित विषयवस्तु समेट्नमा सम्मेलनले जारी गरेका एजेण्डा कोशेढुङ्गा सावित हुने बताउनुभयो ।

    प्रा डा शर्माका अनुसार जलवायु परिवर्तनले हिमाली भू–भागमा हिउँ पर्नुपर्नेमा पानी पर्न लागेको, रैथाने अन्नबालीको उत्पादनमा कमी आएको, प्राकृतिक प्रकोपमा वृद्धि भएको र हिमालमा चिसो कम हुदै गर्मी बढ्दै गएको उल्लेख गर्नु भयो ।

    स्थानीय विकास अधिकारी नारायणप्रसाद रिसालले सम्मेलनले तयार पारेका जलवायु परिवर्तनले हिमाली क्षेत्रका जनतामा पारेको असरको न्यूनीकरण र बच्ने उपायका एजेन्डालाई सम्मेलनमा मात्र सीमित नगरी सम्बन्धित निकायले कार्यान्वयनमा जोड दिई हिमाली जनताका जीविकोपार्जनमा सुधार ल्याउन पहल गर्ने बताउनु भयो ।

    हिमाली तथा देशका दुर दराज विकट बस्तिमा बस्दै आएका जनतामा जलवायू परिवर्तनका बारे भन्दा विहान वेलुका छाक टार्न र शिक्षाको अभाव रहेको र ती जनतामा शिक्षा दिन सकेमा सम्मेलनको सार्थक ज्ञान पुर्ण हुने बताउदै नेपाललाई समृद्ध बनाउन सम्मेलन ,भाषण,गोष्ठी भन्दा प्रतिबद्घता अनुसार सच्चा मनले कार्यान्वयनमा जोड दिन सहभागी तथा सरकारका प्रतिनिधिहरुलाई वरिष्ठ पत्रकार तथा बिबिसी नेपाली सेवाका संयोजक रविन्द्र मिश्रले आग्रह गर्नु भयो ।

    नेपाली काँग्रसका केन्द्रिय सदस्य तथा सभासद् जीवनबहादुर शाहीले कर्णाली आफैमा सम्पन्न र इतिहास बोकेको भएपनि राज्य शक्तिमा कर्णालीबासीको शुन्य पहुचका कारण कर्णाली बासी गरिब हुदै गएको र पछिल्लो बर्षमा कर्णालीबासीले जलवायू परिवर्तन गर्ने ग्याँसको उत्पादन नगरे पनि असर भाग्नु परेको बताउनु भयो ।

    कार्यक्रमका अध्यक्ष तथा विज्ञान प्रविधि मन्त्रालयका सचिव कृष्णचन्द्र पौडेलले सम्मेलनले उठान गरेका विषय वस्तु कार्यान्वयनमा सरकारका तर्फबाट पहल गर्ने प्रतिबद्घता जनाउनुभयो ।

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!